ललितपुर, २८ वैशाख । राष्ट्रिय सहकारी बैंक लिमिटेड कीर्तिपुर शाखाको आयोजनामा सहकारी संस्थाका व्यवस्थापकहरूको लागि सञ्चालित २ दिने तालिम शुक्रबार सम्पन्न भएको छ ।
एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा बिहीबार र शुक्रबार सञ्चालन गरिएको तालिममा बैंकको कीर्तिपुर शाखामा कारोबार गर्ने दक्षिणकारी नगरपालिका र कीर्तिपुर नगरपालिका क्षेत्रका ४० वटा सहकारी संघ÷संस्थाका प्रमुख कार्यकारी अधिकृत एवम् व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।
सहकारी संघ संस्थाका व्यवस्थापकहरूको क्षमता अभिवृद्धि गरी सुशासनयुक्त र व्यावसायिक संस्था सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ । तालिममा सहकारी क्षेत्रको विकास र प्रवर्द्धन गरि यस क्षेत्रको सशक्तीकरण, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, अनुगमन प्रणाली, संस्थाको छवि निर्माणमा व्यवस्थापकको भूमिका, कार्यालय, सञ्चालन प्रक्रिया लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।
कार्यक्रमको बिहीबार समापन गर्दै बैंकका सञ्चालक एवम् बागमति प्रदेशका संयोजक रामहरि बजगाईले सहकारीको साधारण सभाले दिएको निर्देशन अनुसार संस्थालाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि व्यवस्थापकको भूमिका नेतृत्वदायी तथा संयोजनकारी र नियन्त्रणकारी हुनु पर्ने बताउनु भयो ।
कीर्तिपुर नगरपालिका सहकारी विभागका प्रमुख एवम् वरिष्ठ अधिकृत सुजिन्द्र महर्जनले वर्तमान समयमा सहकारी क्षेत्रमा देखिएको समस्याहरूलाई समाधान गर्न व्यवस्थापकहरूले प्रमुख भूमिका खेल्नु पर्ने बताउनु भयो ।
बैंकको कीर्तिपुर शाखाका प्रमुख समीर मानन्धरको सञ्चालन भएको कार्यक्रममा बैंकका तालिम अधिकृत सूर्य प्रसाद रिमालले सहकारीमा व्यवस्थापकहरूको क्षमता विकासको विभिन्न विषयमा सहजीकरण गर्नुभएको थियो ।
बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत सहकारी संघ/संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन गरिरहेको ।