सहकारी संस्थाका व्यवस्थापकहरूका लागि तिलोत्तमामा क्षमता विकास तालिम सञ्चालन
May 4, 2024

सहकारी संस्थाका व्यवस्थापकहरूका लागि तिलोत्तमामा क्षमता विकास तालिम सञ्चालन

बैशाख २५, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड तिलोत्तमा शाखाले सञ्चालन गरेको दुई दिवसीय क्षमता विकास तालिम शुक्रवार सम्पन्न भएको छ । एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा बिहीबार र शुक्रवार सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका सहकारी संघ संस्थाहरूबाट ४१ जना व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

सहकारी क्षेत्रमा कार्यरत व्यवस्थापन प्रमुखहरूको व्यवस्थापकीय क्षमतामा विकास गर्ने गरि सहकारी क्षेत्रमा आवश्यक नवीनतम प्रविधिहरूको खोज, अभ्यास, अनुसन्धान र आवश्यकताका विषयमा अनुभव आदानप्रदान गर्ने र सहकारी क्षेत्रमा देखिएका जोखिमहरूको पहिचान गरी न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बैंकका सञ्चालक विजया धितालले बताउनु भयो ।

बैंकको सञ्चालक विजया धितालको अध्यक्षतामा भएको समापन कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका लेखा सुपरिवेक्षण समितिका संयोजक भीम प्रसाद तुलाचनको प्रमुख आतिथ्यता रहेको थियो  । कार्यक्रमको सञ्चालन बैंकको तिलोत्तमा शाखाका प्रमुख वासुदेव कोइरालाले गर्नुभएको थियो । तालिममा सहकारी प्रशिक्षक अनिलविर बज्रचार्य विभिन्न ८ वटा विषयहरूमा सहजिकरण गर्नु भएको थियो ।

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत देशैभर सहकारी संघ संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन गरिरहेको ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.