दोलखामा सहकारीका व्यवस्थापकहरूलाई क्षमता विकास तालिम
May 7, 2024

दोलखामा सहकारीका व्यवस्थापकहरूलाई क्षमता विकास तालिम

ललितपुर, २४ वैशाख । राष्ट्रिय सहकारी बैंक लिमिटेड दोलखा शाखाको आयोजनामा सहकारी संघ संस्थाका व्यवस्थापकहरूको लागी सञ्चालन गरिएको “क्षमता विकास तालिम” सोमबार सम्पन्न भएको छ । 

एन.सि.बि.एल. सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत कार्यक्षेत्रमा आधारित सदस्य केन्द्रित भई निःशुल्क रूपमा आइतबार र सोमबार सञ्चालन गरिएको तालिममा दोलखाको तामाकोसी, मेलुङ, वैतेश्वर, कालिञ्चोक, विगु गाउँपालिका र भीमेश्वर नगरपालिका गरी ६ वटा स्थानीय तह र रामेछाप जिल्लाको लिखु तामाकोकी गाउँपालिका र मन्थली नगरपालिकाको २ वटा स्थानीय तहका विभिन्न सहकारी संघ संस्थाहरुबाट २९ जनाको सहभागिता रहेको थियो । 

सहकारीको साधारण सभाले दिएको निर्देशन अनुसार संस्थालाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि व्यवस्थापकको भूमिका कार्यकारी, नेतृत्वदायी तथा संयोजनकारी हुनुपर्ने भएकोले सहकारी सञ्चालनको विधि र प्रक्रिया राम्रोसँग बुझेर काम गर्न सकेमा सहकारीका समस्या कम हुँदै जाने भएकाले व्यवस्थापकहरूका लागि तालिम सञ्चालन गरिएको थियो ।

सहकारी संस्थामा हुने सम्पूर्ण कामको व्यवस्थापन गर्ने, व्यवस्थापनलाई प्रभावकारी निर्देशन गर्नका लागि पनि व्यवस्थापकले सहकारी ऐन, नियम, संस्थाको विनियम, निर्देशिका लगायतका विषयमा जानकारी राख्नु पर्ने भएकाले व्यवस्थापकहरूका लागि तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

सहकारीको दिगो विकासका लागी संस्थागत सुशासन र कार्यसम्पादन स्तरलाई बढाउन सस्थाहरुले सदस्य केन्द्रित गतिविधिहरूलाई सघनता प्रदान गरी वित्तीय रूपमा सदस्यलाई आत्मनिर्भर बनाउनेतर्फ सहकारी सस्थाहरु केन्द्रित हुन् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बैंकको दोलखा शाखाका प्रमुख यशोदा पौडेलले बताउनुभयो । 

सहकारी संस्थाको समग्र व्यवस्थापन,  वित्तीय अनुशासन, प्रभावकारी सदस्य सेवा, सहकारी सम्बन्धी प्रचलित कानुनको अनिवार्य परिपालन गर्नमा यो तालिम अर्थपूर्ण भएको कार्यक्रमका सहभागीहरूले बताएका छन् । 

बैंकको दोलखा शाखाका कर्मचारी मन्दिरा सुबेदीले सञ्चालन गर्नुभएको तालिममा सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्तको व्यवहारिक प्रयोग, संस्थागत संरचना र सञ्चालन प्रक्रिया, प्रभावकारी ऋण व्यवस्थापन, व्यवस्थापकको भूमिका र जिम्मेवारी, वित्तीय विश्लेषण शिप, सहकारीको रणनीतिक दृष्टिकोण तय गर्ने तरिका, मानव संसाधन एवम् सदस्य सम्बन्ध व्यवस्थापन, सहकारीमा कानुन पालना, जोखिमका क्षेत्रहरूको पहिचान र व्यवस्थापन कार्यदिशा लगायतका विषयमा प्रशिक्षक नारायण प्रसाद ज्ञवाली र झलेन्द्र दाहालले सहजीकरण गर्नुभएको थियो ।

उहाँहरूले सहकारीको संरचना अनुसार व्यवस्थापनका लागि व्यवस्थापकको क्षमता विकास गर्नु पर्नेमा जोड दिनुभएको थियो । दैनिक प्रशासन सञ्चालनदेखि कार्यविधि कार्यान्वयन र सहकारीको साख वृद्धिका लागि सञ्चालक समितिको निर्णय लाई कार्यान्वयनको भूमिका बढाउनु पर्ने र त्यसको नेतृत्व गर्ने व्यवस्थापकहरूले यस्ता विषयहरूमा जानकारी हुनुपर्नेमा उहाँहरूको जोड थियो ।

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत सहकारी संघ/संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सम्पूर्ण शाखा कार्यालय मार्फत सञ्चालन गरिरहेको छ ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.