सहकारीका समस्या समाधान गर्ने कानुनको खाका बैशाख मसान्तभित्रै आउछ : रजिष्ट्रार घिमिरे
May 6, 2024

सहकारीका समस्या समाधान गर्ने कानुनको खाका बैशाख मसान्तभित्रै आउछ : रजिष्ट्रार घिमिरे

ललितपुर, २४ वैशाख । संघीय सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेले बैशाख मसान्तभित्रै सहकारीको नियमन र अनुगमनलाई प्रभावकारी बनाउने खालको कानुनी खाका तयार हुने बताउनु भएको छ ।

 राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजना तथा एशियाली ऋण महासंघ (अकू) को प्राविधिक सहयोगमा नगरकोटमा सञ्चालित ३ दिने एक्सेस एडिटिङ सम्बन्धी तालिम समापनका क्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

  मन्त्रालयका तर्फबाट विज्ञहरुलाई जिम्मेवारी दिएका छौ, सहकारी क्षेत्रमा देखिएका समस्या छिटो तथा प्रभावकारी रुपले समाधानका लागि आवश्यक कानुन निर्माणको चरणमा छौ, बैशाख मसान्तभित्रै मस्यौदा आउदैछ, रजिष्ट्रार घिमिरेले भन्नुभयो,–मस्यौदा आएपछि सरोकारवालाहरुसंग छलफल तथा समन्वय गरी सुधार गरेर सहकारीका समस्या समाधानमा लाग्दैछौ ।

सहकारीबाट वचत फिर्ता नपाएकाहरुको रकम फिर्ता गर्न तथा सहकारीको ऋण असुलीका लागि समेत मन्त्रालयको तर्फबाट गंभिरताका साथ छलफल गरी प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ ।

  सहकारीलाई लयमा ल्याउनका लागि सरोकारवालाहरुको सक्रिय र रचनात्मक सहयोगको अपेक्षा गरिएको भन्दै रजिष्ट्रार घिमिरेले सहकारीको समस्या छिटो समाधान गर्न नसक्दा देशको अर्थतन्त्र र शान्ति सुरक्षामा समेत समस्या सिर्जना हुने बताउनुभयो । 

  तालिमले सहकारी अभियानको सुदृढीकरणमा सहयोग पुग्ने घिमिरेले बताउनु भयो । सरकारले पनि सहकारी क्षेत्रको विकास प्रवर्द्धनको साथै नियमन र सुदृढीकरण लागि कार्यहरू गरिरहेको बताउनुहुँदै यसमा बैंकको साथ सहयोगको अपेक्षा रहेको बताउनु भयो ।

सहकारी क्षेत्रको प्रवर्द्धनका लागि सहकारी बैंकले विभागलाई सहयोग पुग्ने गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको चर्चा गर्दै सहकारीको समस्या समाधानमा सबै पक्षको सकारात्मक र रचनात्मक सहयोगको अपेक्षा गरेको बताउनु भयो । 

बैंकका निवर्तमान अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेलले एक्सेस कार्यक्रमले सहकारीको क्षमता विकास गर्न सहयोग पुग्ने भएको हुँदा यो महत्त्वपूर्ण रहेको बताउनु भयो ।

अकूकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भी स्यानरोकेले एक्सेस कार्यक्रम सहकारीहरूको सेवाको गुणस्तर अभिवृद्धि गरि संस्थालाई सुरक्षित र व्यावसायिक बनाउन सहयोग गर्ने कार्यक्रम भएको बताउनु भयो ।

अकूका प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराचिले एक्सेस कार्यक्रमले सहकारीको दिगो विकास र गुणस्तर सुनिश्चितताका लागि कार्य गर्ने भएकाले यसले संस्थाहरुलाई अनुशासन कायम गर्न र सदस्यको पैसाको सुरक्षाको लागि सहज हुने बताउनु भयो । सहकारीमा रहेको रकम जनताको भएकाले त्यसको सुरक्षा गर्ने जिम्मेवारी सञ्चालक, कर्मचारी, सदस्य र राज्यको समेत भएको उहाँको भनाइ थियो । 

बैंकका अध्यक्ष के.बी. उप्रेतीले वित्तीय संकटका कारण सहकारी क्षेत्रमा देखिएको चुनौतीको सामना गरी सहकारीलाई बचाउनका लागि अभियानका तर्फबाट भइरहेका कामको बारेमा जानकारी गराउँदै यति बेला सहकारीलाई बचाउनुपर्ने बाध्यता आइलागेको र सबै मिलेर बचाउनुपर्ने बताउनु भयो ।

तालिमको उद्देश्य, बैंकका वर्तमान अवस्था र आगामी योजनाका बारेमा प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले जानकारी गराउनु भएको थियो । कार्यक्रमको सञ्चालन तालिम विभाग प्रमुख रामबाबु आचार्यले गर्नु भएको थियो । 

बैंशाख २२ देखि २४ गतेसम्म भक्तपुरको नगरकोटमा सञ्चालित तालिममा बैंकको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उच्च व्यवस्थापन र प्रदेश प्रमुखहरूको सहभागिता थियो ।

बैंकका सदस्य सहकारीहरूको सेवाको गुणस्तर अभिवृद्धि गरि संस्थालाई सुरक्षित र व्यावसायिक बनाउन सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरिएको तालिम कार्यक्रममा एक्सेससँग सम्बन्धित ८६ सूचकहरूमा छलफल र अन्तरक्रिया भएको बैकका सञ्चालक एवम् शिक्षा, तालिम तथा स्तरीकरण उपसमितिका सदस्य महेन्द्र गिरीले जानकारी दिनुभयो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.