लहानमा सहकारी संस्थाका व्यवस्थापकहरूको लागि क्षमता विकास तालिम सञ्चालन
May 5, 2024

लहानमा सहकारी संस्थाका व्यवस्थापकहरूको लागि क्षमता विकास तालिम सञ्चालन

 वैशाख २३, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड लहान शाखाको आयोजनामा सहकारी संघ संस्थाका व्यवस्थापकहरूको लागि सञ्चालन गरिएको दुई दिवसीय “व्यवस्थापकको क्षमता विकास तालिम” शनिवार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा वैशाख २१ र २२ गते सञ्चालन गरिएको तालिममा लहान, धनगढीमाई, सुखीपुर, गोलबजार, मिर्चैया, सिरहा नगरपालिका लगायत सिरहा जिल्लाका विभिन्न क्षेत्रका सहकारी संघ संस्थाहरूबाट ४३ जना व्यवस्थापक तथा व्यवस्थापक तथा सहायक व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

सहकारी क्षेत्रमा कार्यरत व्यवस्थापन प्रमुखहरूको व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने गरि सहकारी क्षेत्रमा आवश्यक नवीनतम प्रविधिहरूको खोज, अभ्यास, अनुसन्धान र आवश्यकताका विषयमा अनुभव आदान–प्रदान गर्ने र सहकारी क्षेत्रमा देखिएका जोखिमहरूको पहिचान गरी न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बैंकका लहान शाखाका प्रमुख राहुल झाले बताउनु भयो ।

बैंकको लहान शाखा समन्वय उप–समितिका सदस्य फुलेश्वर महतोको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बैंकका सञ्चालक एवम् मधेस प्रदेशका संयोजक विश्वनाथ मण्डल तथा बैंकको केन्द्रीय व्यवसाय प्रवर्द्धन, एकीकरण तथा स्तरीकरण उप समितिका सदस्य पञ्चलाल महताको आतिथ्ययता रहेको थियो । 

कार्यक्रमको समापन लहान शाखा समन्वय उप समितिका संयोजक सञ्जय कुमार महतोले गर्नुभएको थियो । समापन समारोहमा बोल्दै संयोजक महतोले सहकारी क्षेत्रको वित्तीय तथा संस्थागत विकासमा बैंकको भूमिका थप विस्तार र व्यवस्थित गर्नका लागि तालिमले सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

बैंकको लहान शाखा समन्वय उप–समितिका सदस्य फुलेश्वर महतोले तालिममा सिकेको र बुझेका ज्ञानहरूलाई व्यवहारमा उतारेर आ–आफ्नो संघ संस्थाहरुमा लागु गरी संस्थालाई उत्कृष्ट बनाउन तर्फ लाग्न व्यवस्थापकहरूमा अनुरोध गर्नु भयो ।  

कार्यक्रमका सहभागीहरूले बैंकद्वारा सञ्चालन गरिएको व्यवस्थापकको क्षमता अभिवृद्धि तालिम समय सान्दर्भिक र प्रभावकारी रहेको बताएका छन् । उनीहरूले दुई दिनको तालिमबाट नयाँ सिकाई भएको उल्लेख गर्दै तालिमले संस्था सञ्चालनको लागि महत्वपूर्ण सहयोग पुगेको बताएका छन् । 

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत देशैभर सहकारी संघ,संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन गरिरहेको छ ।



टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.