उर्लाबारीमा सहकारीका व्यवस्थापकहरूको क्षमता विकास तालिम सम्पन्न
May 5, 2024

उर्लाबारीमा सहकारीका व्यवस्थापकहरूको क्षमता विकास तालिम सम्पन्न

ललितपुर, २३ वैशाख । राष्ट्रिय सहकारी बैंक लिमिटेड उर्लाबारी शाखा कार्यालयद्वारा सहकारी संघ संस्थाका व्यवस्थापकहरूको लागि आयोजित दुई दिवसीय क्षमता विकास तालिम शनिवार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा शुक्रवार र शनिवार सञ्चालन गरिएको तालिममा बैंकको उर्लाबारी शाखामा कारोबार गर्ने सहकारी संस्थाका ३५ जना व्यवस्थापन प्रमुखहरूको सहभागिता रहेको थियो ।

तालिमलाई हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरिकोटका प्रमुख कार्यकारी अधिकृत दीपक बस्नेतले सहकारीको सिद्धान्त र आधारभूत मूल्य मान्यता, सहकारीको वृद्धि तथा विकास र गुणस्तरीय सेवा सुनिश्चितताको लागि व्यवस्थापकको भूमिका, व्यवस्थापकसँग हुनु पर्ने ज्ञान, सीप र क्षमता, दिगो सहकारीको लागि व्यवस्थापकको भूमिका लगायतका विभिन्न ८ वटा विषयमा सहजिकरण गर्नु भएको थियो ।

सहकारी संघ संस्थाका व्यवस्थापकहरूले संस्था सञ्चालन गर्दा आइपर्ने समस्याहरू सदस्यहरूलाई ऋण लगानी गर्दा अपनाउनु पर्ने विधिहरू, आवश्यक कागजातहरू, धितो मूल्याङ्कन, भाखा नाघेको कर्जाको व्यवस्थापन, जमानत, संस्थालाई आवश्यक पर्ने नीति विधि तथा कार्यविधिहरू, बचत प्रोड्क्टहरु, समय सापेक्ष ब्याजदर परिवर्तन, मानव संसाधन व्यवस्थापन लगायत सम्भावित जोखिम कम गर्न सहयोग पु¥याउने उद्देश्यका साथ सञ्चालन गरिएको तालिमको समापन बैंकका निवर्तमान अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेलले गर्नुभएको थियो ।

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत सहकारी संघ/संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सम्पूर्ण शाखा कार्यालय मार्फत सञ्चालन गरिरहेको छ ।



टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.