दोलखा र रामेछापका सहकारी संस्थाका सञ्चालकहरूको क्षमता विकास तालिम सम्पन्न
May 4, 2024

दोलखा र रामेछापका सहकारी संस्थाका सञ्चालकहरूको क्षमता विकास तालिम सम्पन्न

ललितपुर, २३ वैशाख । राष्ट्रिय सहकारी बैंक लिमिटेड दोलखा शाखाको आयोजनामा सहकारी संघ संस्थाका सञ्चालकहरूको क्षमता विकास सम्बन्धी दुई दिवसीय तालिम दोलखा सदरमुकाम चरिकोटमा शनिवार सम्पन्न भएको छ । 

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा शुक्रवार र शनिवार सञ्चालन गरिएको तालिममा दोलखा र रामेछाप जिल्लाका सहकारी संघ संस्थाका ३२ जना पदाधिकारी तथा सञ्चालकहरूको सहभागिता रहेको थियो ।

तलिमलामा सहकारीको परिचय, इतिहास, सञ्चालन प्रक्रिया, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति नियम, सञ्चालकको आचारसंहिता, सहकारीको मूल्य मान्यता तथा सिद्धान्तहरूको व्यवहारिक प्रयोगको परीक्षण, कार्य योजना तथा बजेट निर्माणमा सञ्चालकको भूमिका लगायतका विषयमा सहकारी प्रशिक्षक नारायण प्रसाद ज्ञवाली र झलेन्द्र दाहालले सहजिकरण गर्नुभएको थियो । 

तालिम समापनका अवसरमा बोल्दै जिल्ला सहकारी संघ लिमिटेड दोलखाका अध्यक्ष देवि प्रसाद शर्मा फुयाँलले सहकारीलाई व्यवस्थित रूपमा सञ्चालनका लागि आवश्यक नीति नियम बनाउनेदेखि सञ्चालन गर्ने काम सञ्चालक समितिको भएकाले क्षमता अभिवृद्धि गर्न आग्रह आग्रह गर्नुभयो । उहाँले सहकारी क्षेत्रको संस्थागत विकासमा सञ्चालकको महत्वपूर्ण भूमिका रहेको भन्दै यस्ता तालिमले सहकारी क्षेत्रको विकास, प्रवर्द्धन, संस्थागत सुशासन र व्यवस्थापनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । 

जिल्ला सहकारी संघ लिमिटेड दोलखाका अध्यक्ष देवि प्रसाद शर्मा फुयाँलको प्रमुख आतिथ्ययतामा भएको समापन कार्यक्रममा बैंकको दोलखा शाखाका प्रमुख यशोदा पौडेलको स्वागत तथा कर्मचारी मन्दिरा सुबेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत सहकारी संघ÷संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सम्पूर्ण शाखा कार्यालय मार्फत सञ्चालन गरिरहेको छ ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.