सिन्धुपाल्चोकका सहकारीकर्मीहरुसँग राष्ट्रिय सहकारी बैंकको अन्तरक्रिया : जिल्लामा बैंकको शाखा खोल्न माग
May 3, 2024

सिन्धुपाल्चोकका सहकारीकर्मीहरुसँग राष्ट्रिय सहकारी बैंकको अन्तरक्रिया : जिल्लामा बैंकको शाखा खोल्न माग

ललितपुर, २२ वैशाख । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा बजारमा राष्ट्रिय सहकारी बैंकको शाखा सञ्चालन गर्न स्थानीय सहकारीकर्मीहरुले माग गरेका छन् । बैंकले बिहीबार र शुक्रवार बाह्रविसे नगरपालिका र चौतारा साँगाचोकगढी नगरपालिका भित्रका अगुवा सहकारीकर्मीहरुसँग गरेको छलफल एवम् अन्तरक्रिया कार्यक्रममा सहकारी बैंकको शाखा सञ्चालनका लागि माग गरेका हुन ।

जिल्लाका सहकारीहरूलाई सहकारी बैंकको सेवा प्रवाहका लागि बैंकको शाखा चौतारा बजारमा आवश्यक रहेको र शाखा नभएका सहकारीहरूलाई वित्तीय रूपमा थप प्रभावकारी बनाउन नसकिएको जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ बताउनु भयो । 

जिल्ला सहकारी संघका उपाध्यक्ष शोभा उलकले जिल्लामा सहकारी बैंकको शाखा रहेका स्थानहरूमा सहकारीहरूको वित्तीय कारोबारमा सहजतासँगै संस्थागत विकासमा समेत सहयोग पुगेको देखिएको छ, तर जिल्लामा शाखा नभएका कारण कारोबार अन्यत्र गर्नु पर्ने वाध्यता रहेको भन्दै उहाँले बैंकको शाखा सञ्चालन भएपछि सहकारीहरूको क्षमता विकास र अन्य विषयमा सहजीकरण गर्न समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । 

कार्यक्रममा बैंकका सञ्चालक तथा बागमती प्रदेशका संयोजक रामहरि बजगाईंले बैंकको शाखा चौतारमा सञ्चालनका लागि बैंककोतर्फबाट आवश्यक सम्भाव्यता अध्ययन गरि सम्बन्धित नियामक निकायमा स्वीकृति गराई शाखा कार्यालय सञ्चालन गर्न सकिने जानकारी दिँदै जिल्लाका सबै सहकारीहरूलाई बैंकको सदस्य बन्न आग्रह गर्नुभयो ।

उहाँले सहकारीलाई वित्तीय रूपमा सक्षम, संस्थागत रूपमा सुशासनयुक्त बनाउनका लागि बैंकले समन्वयकारी भूमिका निर्वाह गर्दै आएको भन्दै बैंकसंगको सहकार्यलाई थप प्रभावकारी गराउन सबै सहकारी  संस्थाहरुलाई आव्हान गर्नुभयो । 

कार्यक्रममा बैंकको बनेपा शाखाका प्रमुख उपेन्द्र दाहालले शाखाको समग्र अवस्था र शाखामार्फत सिन्धुपाल्चोकमा भइरहेको कारोबारका बारेमा जानकारी गराएका थिए । जिल्ला सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संघको समन्वयमा भएको कार्यक्रममा दुई नगरपालिका भित्रका सहकारीकर्मीहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.