सप्तरीमा सहकारीका व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन
May 2, 2024

सप्तरीमा सहकारीका व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन

ललितपुर, २१ वैशाख । राष्ट्रिय सहकारी बैंक लिमिटेड राजविराज शाखा कार्यालयद्वारा सहकारीका व्यवस्थापकहरूको लागि आयोजित दुई दिवसीय क्षमता विकास तालिम बिहीबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा बुधवार र बिहीबार सञ्चालन गरिएको तालिममा बैंकको राजविराजमा कारोबार गर्ने सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरूको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थाका व्यवस्थापकहरूले संस्था सञ्चालन गर्दा आइपर्ने समस्याहरू सदस्यहरूलाई ऋण लगानी गर्दा अपनाउनु पर्ने विधिहरू, आवश्यक कागजातहरू, धितो मूल्याङ्कन, भाखा नाघेको कर्जाको व्यवस्थापन, जमानत , संस्थालाई आवश्यक पर्ने नीति विधि तथा कार्यविधिहरू, बचत प्रोड्क्टहरु, समय सापेक्ष ब्याजदर परिवर्तन, मानव संसाधन व्यवस्थापन लगायत सम्भावित जोखिम कम गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

शाखा समन्वय उपसमितिका संयोजक गणेश कुमार आशको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका सञ्चालक एवम् मधेस प्रदेशका संयोजक विश्वनाथ मण्डलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै सञ्चालक मण्डलले सहकारी क्षेत्रको वित्तीय लगायत संस्थागत विकासमा बैंकको भूमिका थप विस्तार र व्यवस्थित गर्नका लागि कार्यक्रम सहयोगी हुने बताउनु भयो । सहकारीलाई स्वस्थ, स्वच्छ र व्यवस्थित गर्न सहकारी बैंकले सदस्य केन्द्रित र समुदायमा आधारित कार्यक्रमहरू अघि बढाएको उल्लेख गर्नुभयो ।

तालिमलाई सहकारी प्रशिक्षक कुमार खत्री र राधेश्याम दुवालले सहकारीमा व्यवस्थापकहरूको क्षमता विकासका विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा त्यस क्षेत्रका विभिन्न सहकारीहरूबाट ४० जना व्यवस्थापकहरूको सहभागिता थियो ।

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत सहकारी संघ÷संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सम्पूर्ण शाखा कार्यालय मार्फत सञ्चालन गरिरहेको छ ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.