झापाको दमकमा सहकारी संस्थाका अध्यक्षहरूको क्षमता विकास तालिम सम्पन्न
May 2, 2024

झापाको दमकमा सहकारी संस्थाका अध्यक्षहरूको क्षमता विकास तालिम सम्पन्न

ललितपुर, २१ वैशाख । राष्ट्रिय सहकारी बैंक लिमिटेड दमक शाखा कार्यालयको आयोजनामानमा सञ्चालन भएको सहकारी संस्थाका अध्यक्षहरूको क्षमता विकास तालिम सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा बुधवार र बिहीबार सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका ३३ वटा सहकारी संस्थाहरूका अध्यक्षहरूको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थाका अध्यक्षहरूको क्षमता अभिवृद्धि गरी सहकारी संघ संस्थालाई कुशलतापूर्वक सञ्चालन, व्यवस्थापन र नेतृत्व गर्न सक्षम बनाई संस्थालाई सुशासन र पारदर्शी तवरबाट संस्था सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

शाखा समन्वय उपसमिति संयोजक प्रेम कुमार कोइरालाको अध्यक्षतामा भएको समापन कार्यक्रममा बैंकका निवर्तमान अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यता तथा शाखा समन्वय उपसमितिका सदस्य चूडामणि ओझा, शरण कुमार पराजुलीको आतिथ्यता रहेको थियो  । 

शाखा प्रमुख अर्जुन कार्कीको सञ्चालनमा भएको तालिमलाई सहकारी प्रशिक्षक तेज प्रसाद बजगाईँले सहकारीका विभिन्न ८ वटा विषयमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा सहभागी संस्थाका अध्यक्षहरूले तालिम पश्चात् संस्थालाई थप उचाइमा लैजान र संस्थामा नेतृत्वदायी भूमिका खेल्न तालिम सहयोगी भएको बताएका छन् ।



टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.