सहकारीका व्यवस्थापकहरू लागि कोहलपुरमा क्षमता विकास तालिम सञ्चालन
Apr 29, 2024

सहकारीका व्यवस्थापकहरू लागि कोहलपुरमा क्षमता विकास तालिम सञ्चालन

बैशाख १८, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड कोहलपुर शाखा कार्यालयद्वारा सहकारीका व्यवस्थापकहरूको लागि आयोजित दुई दिवसीय क्षमता विकास तालिम सोमबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा आइतबार र सोमवार सञ्चालन गरिएको तालिममा बैंकको कोहलपुर शाखा कार्यालयमा कारोबार गर्ने सहकारी संस्थाका ३५ जना व्यवस्थापन प्रमुखहरूको सहभागिता रहेको थियो ।

तालिम समापन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक प्रेमप्रसाद सुवेदीले सहकारी संस्थाका सञ्चालकले सहकारीको नीति, नियम र विधानमा रहेर काम नगर्दा केही सहकारीमा छिटपुट समस्या आएको उल्लेख गर्दै सबै मिलेर समस्या समाधानमा लाग्नु पर्ने बताउनु भयो । बिस्तारै अर्थतन्त्र चलायमान भइरहेको भन्दै सहकारी क्षेत्रमा देखिएको समस्याहरू पनि समाधान हुँदै जाने बताउनु भयो ।

बैंकका सञ्चालक विजया धितालले सहकारी क्षेत्रको वित्तीय लगायत संस्थागत विकासमा बैंकको भूमिका थप विस्तार र व्यवस्थित गर्नका लागि कार्यक्रम सहयोगी हुने बताउनु भयो । उहाँले सहकारीलाई स्वस्थ, स्वच्छ र व्यवस्थित गर्न सहकारी बैंकले सदस्य केन्द्रित र समुदायमा आधारित कार्यक्रमहरू अघि बढाएको उल्लेख भयो ।

सहकारी संघ संस्थाका व्यवस्थापकहरूले संस्था सञ्चालन गर्दा आइपर्ने समस्याहरू सदस्यहरूलाई ऋण लगानी गर्दा अपनाउनु पर्ने विधिहरू, आवश्यक कागजातहरू, धितो मूल्याङ्कन, भाखा नाघेको कर्जाको व्यवस्थापन, जमानत , संस्थालाई आवश्यक पर्ने नीति विधि तथा कार्यविधिहरू, बचत प्रोड्क्टहरु, समय सापेक्ष ब्याजदर परिवर्तन, मानव संसाधन व्यवस्थापन लगायत सम्भावित जोखिम कम गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

बैंकको कोहलपुर शाखाका कर्मचारी मुना त्रिपाठीको सञ्चालनमा भएको कार्यक्रममा बैंकको तालिम विभागका सहायक अधिकृत राजकुमार बरालले सहकारीमा व्यवस्थापकहरूको क्षमता विकासको विभिन्न विषयहरूमा सहजीकरण गर्नुभएको थियो ।

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत सहकारी संघ÷संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सम्पूर्ण शाखा कार्यालय मार्फत सञ्चालन गरिरहेको छ ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.