वीरगन्जका सहकारी संस्थाका व्यवस्थापकहरूलाई क्षमता विकास तालिम
Apr 28, 2024

वीरगन्जका सहकारी संस्थाका व्यवस्थापकहरूलाई क्षमता विकास तालिम

बैशाख १७, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड वीरगन्ज शाखाको आयोजना तथा को–अपरेटिभ म्यानेजर्स क्लब पर्साको व्यवस्थापनमा सहकारी संस्थाका उच्च व्यवस्थापकहरूको लागि सञ्चालित २ दिने तालिम आइतबार होटल भिस्वा, वीरगन्जमा सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा शनिवार र आइतबार सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका विभिन्न सहकारी संघ÷संस्थाका ४३ जना प्रमुख कार्यकारी अधिकृत एवम् व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

तालिममा सहकारी क्षेत्रको विकास र प्रवर्द्धन गरि यस क्षेत्रको सशक्तीकरण, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, अनुगमन प्रणाली, संस्थाको छवि निर्माणमा व्यवस्थापकको भूमिका, कार्यालय, सञ्चालन प्रक्रिया लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक शम्भु प्रसाद गुप्ताले उद्घाटन गर्नुभएको कार्यक्रमको समापन बैंकका सञ्चालक एवम् मधेस प्रदेशका संयोजक विश्वनाथ मण्डलले गर्नुभएको थियो ।

तालिम समापन कार्यक्रममा मन्तव्य राख्दै बैंकका सञ्चालक एवम् मधेस प्रदेशका संयोजक विश्वनाथ मण्डलले सहकारी संघ संस्थाका व्यवस्थापकहरूको क्षमता अभिवृद्धि गरी सुशासनयुक्त र व्यावसायिक संस्था सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बताउनु भयो ।

को–अपरेटिभ म्यानेजर्स क्लब पर्साका अध्यक्ष जिष्णु बरालको स्वागत मन्तव्य तथा शाखा प्रमुख सञ्जयकुमार महतोको सञ्चालनमा भएको तालिममा बैंकको तालिम विभागका तालिम अधिकृत बल्लभ तिमल्सिनाले विभिन्न ८ वटा विषयहरूमा सहजिकरण गर्नु भएको थियो ।

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत सहकारी संघ÷संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन गरिरहेको ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.