पाल्पामा सहकारीका व्यवस्थापकहरूको लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन, बैंकको शाखा सञ्चालन गर्न माग
Apr 29, 2024

पाल्पामा सहकारीका व्यवस्थापकहरूको लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन, बैंकको शाखा सञ्चालन गर्न माग

वैशाख १७, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड बुटवल शाखाको आयोजनामा पाल्पा जिल्लाका बैंकका सदस्य संस्थाका व्यवस्थापन प्रमुखहरूको २ दिवसीय क्षमता अभिवृद्धि तालिम होटेल श्री नगरमा सोमबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा आइतबार र सोमबार सञ्चालन गरिएको तालिममा जिल्लाका ४६ सहकारी संस्थाका ४६ जना व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

सहकारी क्षेत्रमा कार्यरत व्यवस्थापन प्रमुखहरूको व्यवस्थापकीय क्षमतामा विकास गर्ने गरि सहकारी क्षेत्रमा आवश्यक नवीनतम प्रविधिहरूको खोज, अभ्यास, अनुसन्धान र आवश्यकताका विषयमा अनुभव आदानप्रदान गर्ने र सहकारी क्षेत्रमा देखिएका जोखिमहरूको पहिचान गरी न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

तालिम कार्यक्रमको समापन्न समारोहमा सहभागीको तर्फबाट बोल्दै साना किसान कृषि सहकारी संस्था रिवदिकोटका व्यवस्थापक विनीता गौतमले तालिम निकै प्रभवकारी भएको बताउँदै बैंकले आगामि दिनहरुमा पनि यस्तै तालिमहरू निरन्तर सञ्चालन गरोस् भन्ने अपेक्षा राखेको बताउँदै तत्काल पाल्पामा पनि शाखा सञ्चालन गर्न आग्रह गर्नुभएको छ । बैंकको शाखा कार्यालय नहुँदा निजी बैंकहरुमा कारोबार गर्नुपर्ने बाध्यता रहेको सुनाउँदै व्यवस्थापक गौतमले तत्काल शाखा कार्यालय सञ्चालनको पहल गरिदिन आग्रह गर्नुभयो । 

अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुरका सहायक व्यवस्थापक प्रवीण न्यौपानेले बैंकले प्रबाधिकि विषयहरूमा निरन्तर सदस्य शिक्षाका कार्यक्रमहरू सञ्चलन गरोस् भन्ने अपेक्षा रहेको बताउनु भयो । यो कार्यक्रमले जिल्लाको सहकारी अभियानलाई गुणस्तरीय बनाउन एउटा महत्त्वपूर्ण आयाम हुने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य सेवा सहकरीका अध्यक्ष खगराज अधिकारी र बचत संघका अध्यक्ष जगदिस भट्टराईले बैंकले छिटै पाल्पामा शाखा खोली यस क्षेत्रका सहकारीको वृद्धि र विकासमा वित्तीय तथा गैर–वित्तीय सेवाहरू प्रदान गर्ने अपेक्षा गर्दै त्यसका लागि जिल्लाको सहकारी अभियानको तर्फबाट जुनसुकै सहयोग गर्न तयार रहेको बताउनु भएको थियो । 

पाल्पा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पाल्पाका अध्यक्ष जगदिस भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमलाई बैंकको बुटवल शाखाका प्रमुख एवम् लुम्बिनी प्रदेश प्रमुख नारायण बेल्वासेको सहजिकरण तथा कर्मचारी रन्जिता पुडासैनीको सञ्चालनमा सम्पन्न भएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.