बर्दियामा सहकारी संस्थाका अध्यक्षहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न
Apr 26, 2024

बर्दियामा सहकारी संस्थाका अध्यक्षहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न

बैशाख १३, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड भुरीगाउँ शाखाको आयोजनामा सञ्चालित दुई दिवसीय सहकारी संस्थाका अध्यक्षहरूको क्षमता अभिवृद्धि तालिम बिहीबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा बुधवार र बिहीबार सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका ३७ वटा सहकारी संस्थाहरूका अध्यक्षहरूको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थाका अध्यक्षहरूको क्षमता अभिवृद्धि गरी सहकारी संघ संस्थालाई कुशलतापूर्वक सञ्चालन, व्यवस्थापन र नेतृत्व गर्न सक्षम बनाई संस्थालाई सुशासन र पारदर्शी तवरबाट संस्था सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

कार्यक्रमको समापन गुलरिया नगरपालिकाकीे उपप्रमुख सावीत्रा गौतमले गर्नुभएको थियो । समापन कार्यक्रममा बोल्दै उपप्रमुख गौतमले ग्रामीण क्षेत्रमा न्यून र मध्यम आय भएका परिवारका लागी सहकारीले वित्तीय साक्षरता मार्फत सदस्यको आर्थिक, सामाजिक तथा सास्कृतीक जनविस्तरमा अनुकरणीय कार्य गरेको भन्दै खुसी व्यक्त गर्नु भयो । उहाँले वर्तमान समयमा सहकारीमा देखिएको विचलनले सहकारी संस्थाका सञ्चालकहरूलाई हतासमा नरहन र जिम्मेवार पूर्वक काम गर्न समेत मार्ग निर्देशन गर्नु भएको थियो ।

समापन कार्यक्रममा जिल्ला सहकारी संघका बर्दियाका उपाध्यक्ष नेत्र प्रसाद सापकोटा, गुलरिया सहकारी संजालका सचिव निम बहादुर थापा र मधुवन सहकारी सञ्जालका उपाध्यक्ष प्रेमलाल पुरी तथा बार बर्दिया सहकारी सञ्जालका सदस्य शोभाखर शर्मा लगायतको आतिथ्यता रहेको थियो ।

बैंकको भुरीगाउँ शाखाका प्रमुख किरण खत्रीले सञ्चालन गर्नुभएको कार्यक्रममा बैंकका सहायक तालिम अधिकृत राजकुमार बरालले विभिन्न ८ वटा विषयमा सहजिकरण गर्नु भएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.