सहकारीका समस्या समाधान गर्न सहकार्य गरौँ : नगर प्रमुख भट्ट
Jan 22, 2024

सहकारीका समस्या समाधान गर्न सहकार्य गरौँ : नगर प्रमुख भट्ट

माघ ८, ललितपुर । कैलाली जिल्लाको गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले सहकारी क्षेत्रमा देखिएका समस्यालाई स्थानीय सरकार र सहकारी अभियान सहित सबै मिलेर समाधान गर्नु पर्नेमा जोड दिनु भएको छ ।

 आइतबार कैलालीको अत्तरियामा राष्ट्रिय सहकारी बैंक लिमिटेडले आयोजना गरेको ‘बैंकको सेवा सुविधा सम्बन्धी अन्तरक्रिया कार्यक्रम’मा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख भट्टले यस्तो बताउनु भएको हो ।

 सहकारी आर्थिक, सामाजिक र सांस्कृतिक विकासको महत्वपूर्ण पाटो हो, यसलाई सबै मिलेर सबल र सक्षम बनाउनु पर्छ, प्रमुख भट्टले भन्नुभयो, पछिल्लो समय बजार केन्द्रित केही सहकारीमा आएको समस्याका कारण सबै सहकारीलाई समस्या पार्ने गरी विभिन्न गतिविधि भएका छन्, यसलाई समधान गर्नका लागि सबै मिलेर सहकार्य गरौँ र समस्या समाधानको लागि अघि बढौं ।

त्यसैगरी उहाँले ग्रामीण क्षेत्रका सहकारी संस्थाहरुलाई बैंकले प्राथमिकतामा राखी तालिम, शिक्षा र प्रविधिमा सहकारी बैंकले सहयोग गर्नुपर्ने उल्लेख गर्दै नगरपालिका र सहकारी बैंकको संयुक्त कार्यक्रम मार्फत नगरपालिका अन्तर्गतका सहकारीहरूको विकास, बिस्तार र स्तरीकरण वृद्धिमा सहकार्य गर्नुपर्नेमा जोड दिनु भयो ।

नवजीवन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एवम् कार्यक्रमका सभापति देव बहादुर बमले हाम्रो जस्तो आर्थिक अवस्था भएको मुलुकको आर्थिक विकासको महत्वपूर्ण आधार क्षेत्र सहकारी भए पनि यसलाई राज्यले प्राथमिकतामा पार्न नसकेको गुनासो गर्नु भयो । ‘सहकारी क्षेत्रमा देखा परेका कतिपय समस्याहरु बिस्तारै हल हुँदै गाएका छन्, ‘अब बैंक र नगरपालिकाको मिलेर यस क्षेत्रका सहकारीको प्रवद्र्धनका लागि समन्वय र सहकार्य गर्नुपर्छ’ ।

कार्यक्रमका सहभागीहरूले अत्तरियामा बैंकको काउन्टर राख्न आग्रह गरेका छन् । बैंकको शाखा धनगढी टाढा भएकाले समस्या परेको भन्दै अत्तरियामा कारोबार गर्ने गरि काउन्टर राख्न माग गरेका हुन । 

त्यस क्षेत्रका विभिन्न सहकारी संघ/संस्थाका ५९ जना सञ्चालक तथा कर्मचारीहरू सहभागी भएको कार्यक्रममा बैंकको सुदूरपश्चिम प्रदेश एवम् धनगढी शाखाका प्रमुख दिनेश गेलालले बैंकको सेवा सुविधाका विषयमा एक प्रस्तुतीकरण राख्नु भएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.