गलकोटमा सहकारीका कोषाध्यक्षहरुका लागि क्षमता विकास तालिम
Feb 29, 2024

गलकोटमा सहकारीका कोषाध्यक्षहरुका लागि क्षमता विकास तालिम

बागलुङ, १७ फागुन ​। राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको आयोजनामा सहकारीका कोषाध्यक्षहरुका लागि २ दिने तालिम गलकोटमा बिहीवारदेखि शुरु भएको छ । ​

​ तालिमको शुभारम्भ गर्दै गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थम्मन गौतमले सहकारीलाई वित्तीय रुपमा व्यवस्थित र कानुनी रुपमा सुशासनयुक्त बनाउनका लागि सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको भूमिका प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भएको छ । ​

​ पछिल्लो समय सहकारीमा समस्या देखिएको छ, केही सहकारीहरुले गरेको बद्मासीको असर समग्र सहकारी क्षेत्रमा देखिएको छ, सहकारी प्रतिको विश्वास कम हुदै गएको छ, प्रमुख प्रशासकीय अधिकृत गौतमले भन्नुभयो,–सहकारीको साख कमजोर हुन नदिनका लागि सदस्य केन्द्रीत सहकारीहरुको भूमिका बढाउनु पर्दछ । ​

संघीय संरचनाको कार्यान्वयन गर्ने क्रममा सहकारीको नियमन र अनुमगनमा प्रभावकारिता कमजोर भएको र सहकारीहरुले नियमनकारी निकायको अनुपस्थितिमा प्रभावकारी काम गर्न नसकेको गौतमले बताउनुभयो । ​​

​ राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीलाई सदस्य केन्द्रीत बनाउनका लागि सञ्चालक समितिले योजना बनाउने र व्यवस्थापनले प्रभावकारी कार्यान्वयन गर्न सके सहकारीमा समस्या नआउने बताउनुभयो । उहाँले सदस्यहरुलाई सहकारीको यथार्थ अवस्था जानकारी गराउने र सदस्यहरुको सहयोगमा सहकारीको साख बढाउनु पर्नेमा जिसीको जोड थियो । ​

​सहकारीमा कोषाध्यक्षहरुको भूमिका लगायत सहकारी ऐन नियममा भएका व्यवस्था र सञ्चालक समितिको भूमिका लगायतका विषयमा राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत राज कुमार बरालले सहजीकरण गर्नु भएको छ । ​

​तालिममा गलेकाट नगरपालिका, ढोरपाटन नगरपालिका, ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिकामा सञ्चालित विभिन्न सहकारी संस्थाका ३२ जनाको सहभागिता रहेको राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले जानकारी दिनुभयो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.