सहकारी बैंकको प्राविधिक सहयोगमा चण्डेश्वरीका कर्मचारीहरूलाई सदस्य सम्बन्ध विकास तालिम
Jan 6, 2024

सहकारी बैंकको प्राविधिक सहयोगमा चण्डेश्वरीका कर्मचारीहरूलाई सदस्य सम्बन्ध विकास तालिम

 पुस २१, ललितपुर ।

काभ्रेपलाञ्‍चोक जिल्ला स्थित बनेपामा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा सदस्य सम्बन्ध विकास तालिम शनिबार सम्पन्न भएको छ ।

सहकारीमा सदस्यहरुसँगको सम्बन्ध सुमधुर र बलियो बनाउन दक्षता बिकास गर्ने उद्देश्यका साथ संस्थामा कार्यरत कर्मचारीहरूलाई तालिम प्रदान गरेको संस्थाले जनाएको छ ।

तालिम समापन समारोह बोल्दै संस्थाका अध्यक्ष नवीन भक्त बादेले तालिममा सिकेको ज्ञान र सिपलाई व्यवहारमा उतार्न कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ ।

सहकारी संस्थाको सबैभन्दा महत्वपूर्ण विषय सदस्यहरुसँगको सम्बन्ध भएकोले संस्था र सदस्यबिचको सम्बन्ध दिगो र जीवन्त बनाउन सके मात्रै संस्थागत सफलता कायम हुने कुरामा जोड दिनु भयो ।

तालिमलाई सहजिकरण गर्दै राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत राजकुमार बरालले आफ्ना सदस्यहरूसँग सम्बन्ध स्थापना गर्न सर्वप्रथम सदस्यसँगको बोली, व्यवहार र शैली, सदस्य सेवा प्रवाहको तरिका, सेवाको गुणस्तर र सन्तुष्टिलाई विशेष महत्व दिनुपर्नेमा जोड दिनु भयो ।

संस्थाको शिक्षा तालिम तथा समाज कल्याण उप–समितिको संयोजक जितेन्द्र भक्त पोटेको अध्यक्षतामा भएको उद्घाटन समारोहमा संस्थाका सल्लाहकार बालभक्त प्रधान, सचिव बुद्धरत्न मानन्धर लगायतको उपस्थिति रहेको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत झलेन्द्र दाहालले सञ्चालन गर्नु भएको तालिममा २२ जना कर्मचारीहरुले सहभागिता जनाएका थिए ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.