बनेपामा प्रभावकारी कर्जा असुली सम्बन्धी तालिम सम्पन्न
Jan 20, 2024

बनेपामा प्रभावकारी कर्जा असुली सम्बन्धी तालिम सम्पन्न

 माघ ६, ललितपुर । राष्ट्रिय सहकारी बैक लिमिटेड बनेपा शाखा र काभ्रेपलाञ्चोक जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको संयूक्त आयोजनामा प्रभावकारी कर्जा असुली सम्बन्धी एक दिवसीय तालिम सम्पन्न भएको छ । 

शुक्रवार बनेपा पार्टी भेन्युमा आयोजित कार्यक्रममा सहकारीले सदस्यहरूलाई ऋण लगानी गर्दा अपनाउनु पर्ने विधिहरू, आवश्यक कागजातहरू, धितो मूल्याङ्कन, जमानत लगायत सम्भावित जोखिम कम गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

तालिममा ऋण लगानीका प्रक्रियाहरू, क्षमतामा आधारित ऋण लगानी, व्यवसाय विश्लेषण, ऋण अनुगमन र निरीक्षण, जोखिम पहिचान र व्यवस्थापन, सहकारीको ऋण असुली सम्बन्धी कानुनी व्यवस्थाहरू, ऋणको वर्गीकरण, ऋण असुलीका उपायहरू, भाखा नाघेको ऋण असुली गर्ने तरिका लगायतका विषयमा सहजीकरण गरिएको थियो ।

काभ्रेपलाञ्चोक जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष विधान जोशीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत बल्लभ तिमल्सिनाले प्रभावकारी कर्जा असुलीको विषयमा सहजीकरण गर्नुभएको थियो ।

तालिम समापन कार्यक्रममा बोल्नुहुँदै बनेपा नगरपालिकाको नगर प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि शान्ति रत्न शाक्यले वित्तीय कारोबार गर्ने सहकारीहरूले ऋण लगानी र असुलीका विधि र प्रक्रियामा विशेष ध्यान दिनु पर्नेमा जोड दिनुभयो । उहाँले तालिममा सिकेका कुरा आ–आफ्नो संस्थामा लगेर कार्यान्वयन गर्न सुझाव दिँदै उहाँले ऋणको जोखिम न्यूनीकरण गर्न सके सहकारीको समस्या सहजै समाधान हुने धारणा राख्नु भयो ।

बैंकको बनेपा शाखाका शाखा प्रमुख उपेन्द्र दाहालले सञ्चालन गर्नुभएको तालिममा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, भक्तपुर र काठमाण्डौं जिल्लाका विभिन्न सहकारी संघ÷संस्थाहरुबाटा ५६ जना सहकारीका सञ्चालक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.