सहकारीले प्रविधिमा लगानी बढाउनुपर्छः प्रमुख कार्यकारी अधिकृत गुरागाई
Mar 15, 2024

सहकारीले प्रविधिमा लगानी बढाउनुपर्छः प्रमुख कार्यकारी अधिकृत गुरागाई

काठमाडौं ।  राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृतका बद्रीकुमार गुरागाईले सहकारीहरुले सदस्यलाई दिने लाभांशमा कम गरी प्रविधिमा लगानी बढाउनुपर्ने बताउनु भएको छ ।

राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको आयोजनमा भईरहेको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै उनले त्यसको प्रयोगका लागि सदस्यहरुलाई समेत साक्षत्कार गरेर अघि बढ्नुपर्नेमा जोड दिए । प्रमुख कार्यकारी अधिकृत गुरागाईले बैंकले १० वर्षे रणनीति बनाएको र प्रविधिमैत्री सहकारी बनाउन मापदण्ड समेत तयार गरी अघि बढेको बताए । बैंकले प्रविधिमा गरेको लगानी अनुसार संस्थाहरुले प्रयोग गर्न नसकेको उहाँको भनाई छ ।

मोबाईल बैंकिङ र वालेटलाई मात्रै ध्यान दिनेभन्दा पनि कर्मचारीहरुलाई समेत दक्षबनाई नयाँ नयाँ वस्तु तथा सेवाको प्रयोगमा समेत लाग्नुपर्ने उहाँको जोड छ । बाफियामा चेक क्लियरिङ गर्ने व्यवस्था बैंक तथा वित्तीय संस्थालाई मात्रै दिएको र सहकारीहरुले चेक नभई भुक्तानी पुर्जामार्फत कारोबार गर्ने गरेका कारण चेक क्लियरिङमा जान नसकेको उनले प्रष्ट पारे । क्लियरिङको पछि लाग्नेभन्दा पनि सहकारीहरु डीजिटाइज भएर सेवालाई विस्तार गर्न उहाँको सुझाव छ । पछिल्ला समय फण्ड ट्रान्सफरका विभिन्न माध्ययम रहेकाले त्यसको प्रयोग गर्दा प्रभावकारी हुने उहाँको बुझाई छ । 

कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश प्रधानले सहकारीहरुले पनि डिजिटल कारोबार अगाडी बढाएको बताए । कानुनी रुपमा स्पष्टता नभएपनि सहकारीहरुले डिजिटल कारोबार गर्न नपाईने भन्ने छैन, उनले भने । कोर बैकिङ, मोबाईल बैकिङ जस्ता सेवा विभिन्न कम्पनीसँग सहकार्य गरी सहकारीले अगाडी बढाईरहेको बताउनु भयो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.