असार ११, ललितपुर ।
राष्ट्रिय सहकारी बैंक लिमिटेड हरिवन शाखाको आयोजनमा सञ्चालित सहकारी संस्थामा कार्यरत बजार प्रतिनिधिहरूको क्षमता अभिवृद्धि तालिम आइतबार सम्पन्न भएको छ ।
बैंकका सञ्चालक विश्वनाथ मण्डलको प्रमुख आतिथ्यतामा भएको तालिम समापन समारोहमा बोल्दै उहाँले ‘सहकारीका बजार प्रतिनिधिहरू संस्थाको पूर्ण जिम्मेवारी र सदस्यको नियमित सम्पर्कमा रहने भएकोले उत्कृष्ट कार्य सम्पादन गर्नको लागि तालिम फलदायी हुने भन्दै बैंकले प्रदान गर्ने हरेक तालिममा सहभागी भई उच्च ज्ञान हासिल गर्न र सहकारी क्षेत्रको उत्कृष्ट कर्मचारी बन्ने अवसर प्राप्त गर्न सहभागीहरूलाई अनुरोध गर्नुभयो’ ।