राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेती नेडाकको प्रथम उपाध्यक्षमा पुनः निर्विरोध निर्वाचित
Nov 4, 2022

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेती नेडाकको प्रथम उपाध्यक्षमा पुनः निर्विरोध निर्वाचित

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के. बी. उप्रेती एसिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरूको विकासका लागि सञ्जाल (नेडाक) को प्रथम उपाध्यक्षमा पुनः निर्विरोध निर्वाचित हुनू भएको छ ।

कार्तिक–१८ गते (नोभेम्बर–४ तारिख) बैंककमा सम्पन्न साधारण सभाबाट तेस्रो कार्यकालको लागि निर्विरोध निर्वाचित हुनुभएको हो । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको संचालक समेत रहनु भएका उप्रेतीले राष्ट्रिय सहकारी बैंकको तर्फबाट नेडाकमा प्रतिनिधित्व गर्दै आउनु भएको छ । उप्रेतीसँगै अध्यक्षमा राष्ट्रिय सहकारी विकास निगम भारतका प्रबन्ध निर्देशक पंकज कुमार बंसल निर्वाचित भएका छन् । नेडाकका अध्यक्ष तथा सह –अध्यक्षको अनुपस्थितिका कारण साधारणसभा उप्रेतीकै अध्यक्षतामा संचालन भएको थियो ।

सन् १९६३ मा स्थापना भई भारतमा सहकारी क्षेत्रको लागि विशेष रूपमा सञ्चालित नेडाकले विशेष गरी कृषि क्षेत्रमा काम गर्दै आइरहेको छ । FAO ANNEX बैंककमा सचिवालय रहेको NEDAC, ९ एसियन राष्ट्रका १६ संस्थाको सञ्जाल बाट सुरु भएकोमा हाल ५७ सदस्य संस्थाहरु यसमा आबद्ध रहेको छन् ।

नेपालको तर्फबाट राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी विकास बोर्ड र केन्द्रीय कृषि सहकारी संघ सदस्य रहेका छन् । नेडाकको आगामी कार्यसमितिको बैठक नेपालमा गर्ने निर्णय भएको प्रथम उपाध्यक्ष उप्रेतीले बताउनु भयो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.