News

कीर्तिपुरमा राष्ट्रिय सहकारी बैंकको रक्तदान कार्यक्रम सम्पन्न

असोज ७, काठमाडौं

राष्ट्रिय सहकारी बैंक लिमिटेड कीर्तिपुर शाखा र कीर्तिपुर सहकारी संघको सयूक्त आयोजनामा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

डेंगु रोगको महामारीको समयमा रगतको कमी हुन नदिने उद्देश्य तथा बैंक र संघले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा बैङ्कका कर्मचारी, संघका पदाधिकारी, सञ्चालक तथा सर्वसाधारणले रक्तदान गरेका थिए ।

नगाउँ दोबाटो, तःवपि नयाँ बजार कीर्तिपुर ९ मा गरिएको उक्त कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन्। “रक्तदान जीवनदान” भन्ने नाराका साथ सम्पन्न उक्त कार्यक्रममा विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधिहरुकाृ उपस्थिति रहेको थियो । कार्यक्रममा ब्लड डोनर्स सोसाइटी, लायन्स क्लब अफ काठमाडौँ र कान्तिपुर ब्लड बैंकको प्राविधिक सहयोग रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button