News

ललितपुरमा कोपोमिस तालिम सम्पन्न

काठमाडौ । राष्ट्रिय सहकारी बैंक लिमिटेड लगनखेल शाखाको आयोजनामा सहकारी संघ/संस्थाहरुको एकीकृत विद्युतीय व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) तालिम सम्पन्न भएको छ । मंगलबार बैंकको लगनखेल शाखा कार्यालय क्षेत्रमा क्रियाशील सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकहरु गरि ४३ जना भन्दा बढिको सहभागीता रहेको थियो ।

तालिमको उद्घाटन पछि बोल्दै बैंकका अध्यक्ष के.बी उप्रेतीले सहकारी सदस्य केन्द्रीत व्यवसाय भएकाले आफ्ना सदस्यहरुको व्यवसाय प्रवद्र्धन र बिकासका लागि बैंकले वित्तीय सेवासंगै तालिम तथा शिक्षाका कार्यक्रम पनि संचालन गरेको बताउनुहुँदै सहकारी ऐन, नियमावलिमा भएको व्यवस्था र सहकारी विभागको निर्देशन अनुपालना गर्ने सम्बन्धमा बैंकले सहजिकरण गर्ने क्रममा आयोजना गरिएको यस तालिमबाट कोपोमिसमा तथ्याङ्क संकलन एवं समग्र नीती, योजना तथा कार्यक्रम निर्माणमा टेवा पुग्ने विश्वास जाहेर गर्नुभयो । उहाँले सहकारी विभागको समन्वयमा बैंकले कोपोमिस प्रणालीमा प्रविष्टि गर्न सहजिकरण गरिरहेको जानकारी दिनु भयो
तालिमको सहजिकरण सहकारी विभागका अमोद पुडासैनीले गर्नु भएको थियो, भने कार्यक्रम संचालन शाखा प्रमुख रमा घिमिरेले गर्नु भएको थियो । कार्यक्रमकाे बैंकका संचालक रामहरि बजगाईले तालिममा सहभागिहरुलाई धन्यवाद दिदै बैंकले आयोजना गर्ने तालिमहरुमा सक्रिय सहभागि हुन आग्रह गर्नु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button