News

सुदूरपश्चिम प्रदेशका सहकारीकर्मीहरु बीच राष्ट्रिय सहकारी बैंकको अन्तरक्रिया


ललितपुर । राष्ट्रिय सहकारी बैंकको सुदूरपश्चिम प्रदेशका सदस्य सहकारी संघ संस्थाका प्रतिनिधिहरु बीच अन्तरक्रिया तथा सदस्य संस्था सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममको उद्घाटन राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका अध्यक्ष मिनराज कँडेलले गर्नुभएको थियो ।
आईतबार धनगढीमा आयोजित कार्यक्रमको उद्घाटन पछि मन्तव्य राख्नुहुँदै महासंघका अध्यक्ष कँडेलले राष्ट्रिय सहकारी बैंकले सदस्य सहकारी संघ संस्थाहरु बीच वित्तीय तथा गैर–वित्तीय क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै अब सहकारी संस्थाहरुले उत्पादन तर्फ लाग्नु पर्ने उल्लेख गर्नु भयो, उहाँले उत्पादन तथा बजारको समस्या भए उत्पादक र उपभोक्तावीच जोडने काम सहकारी अभियानबाट हुने बताउनु भयो ।
कार्यक्रमको अध्यक्षता गर्नु भएका बैंकका अध्यक्ष के.बी उप्रेतीले सहकारी संघ संस्थाहरुको एकमात्र सहकारी बैंकको रुपमा बैंक बिकास र बिस्तार हुने बताउँदै नविनतम प्रबिधिको उच्चतम प्रयोग, सहज सेवा र सहकारीको माध्यमवाट बैंक संचालन गर्ने जानकारी दिँदै सहकारीको पैसा सहकारी बैंकमै कारोवारको लागी आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका संचालक पदमा गुरुङ, राष्ट्रिय सहकारी विकास वोर्डका सदस्य दशरथ भण्डारी, राष्ट्रिय सहकारी बैंकका संचालक शिवा थापा, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका संचालक माधव प्रसाद जोशी, उपभोक्ता विशिष्टीकृत सहकारी संघ अध्यक्ष गणेश बहादुर चन्द लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सहकारी संघ संस्थाका प्रतिनिधिहरु सहभागि भएको कार्यक्रममा सहभागीहरुले कृषि क्षेत्रमा कर्जा प्रवाह गर्नको लागि सहकारी बैंकले बिना धतो सहुलिय कर्जा उपलब्ध गराउन माग गरेका छन् । उनिहरुले सहकारीका कर्मचारीको क्षमता विकासका लागि तालिमको ब्यवस्था, गर्नुपर्ने, सहकारी संस्थालाई प्रभाव पार्ने नीति, नियम, निर्देशिका तथा प्रविधिको बारेमा अवगत गराउन नियमित रुपमा अभिमुखिकरण कार्यक्रम संचालन गर्नुपर्ने बताएका छन् ।

बैंकका नायव महाप्रवन्धक राजेश श्रेष्ठले बैंकको गतिविधिको विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो भने धनगढी शाखाका प्रमुख कृष्ण रावलले संचालन गर्नु भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाको विभिन्न सहकारी संघ संस्थाका एक सय पचास जना भन्दा बढीको सहभागिता रहेको थियो ।
सोहि कार्यक्रममा बैंकको १८ औंँ वार्षिक साधाराण सभाको अवसरमा घोषणा भएको शाखा स्तरमा उत्कृष्ट र नियमित कारोबार गर्ने धनगढी र महेन्द्रनगर शाखाका सहकारी संस्थाहरु सम्मानित भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button