बागलुङ र म्याग्दीमा सहकारी बैंकको केयर समिक्षा कार्यक्रम
Oct 16, 2023

बागलुङ र म्याग्दीमा सहकारी बैंकको केयर समिक्षा कार्यक्रम

ललितपुर ११, असोज

राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम अन्तरगत केयरमा आवद्ध बागलुङ र म्याग्दीका सहकारी संस्थाहरुको चौमासिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

स्तरीकरण कार्यक्रम अन्तरगत बैकले बनाएको वित्तीय सुचकहरुको अवस्था पहिचान गर्नुका साथै संस्थाहरुको अवस्था र सुधार गर्नु पर्ने विषयहरुमा छलफल भएको थियो ।

समिक्षा कार्यक्रमका सहभागीहरुले वित्तीय क्षेत्रमा देखिएको असहज अवस्थालाई सहज रुपमा अगाडि बढाउनका लागि सहकारीहरुमा भाखा नाघेको ऋणलाई कम गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

पछिल्लो समय सहकारीहरुमा भाखा नाघेको ऋण बढ्दै गएको निष्कर्षका साथ सबै सहकारीहरुले ऋण व्यवस्थानमा योजनावद्ध रुपमा अभियान सञ्चालन गर्ने प्रतिवद्धता जनाएका हुन् । स्तरीकरण कार्यक्रममा सहभागी संस्थाहरुमा ऋण सुरक्षण कोषमा नियमित रुपमा रकम व्यवस्थापन गर्ने, सञ्चालक समिति र कर्मचारीका लागि संस्थागत तालिम सञ्चालन गर्ने तथा परिवर्तित परिस्थिति अनुसार विनियम तथा कार्यविधि निर्माण गरी कार्यान्वयन गर्ने, परिमार्जन गर्ने प्रतिवद्धता सहभागीहरुले जनाएका छन् ।

बागलुङमा बुधवार आयोजित कार्यक्रमको शुभारम्भ राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी. (अञ्जु) ले गर्नु भएको थियो । सो अवसरमा बोल्दै जिसीले सहकारीहरुको आन्तरिक स्वास्थ्य परिक्षण गरी संस्थालाई स्वस्थ बनाउनका लागि स्तरीकरण कार्यक्रमले सहयोग गर्ने भएकाले सहकारीहरुले ध्यान दिनु पर्नेमा जोड दिनु भएको थियो ।

बागलुङका ६ वटा र पर्वत जलजलाको एउटा गरी ७ वटा सहकारी संस्थाका तर्फबाट संस्थागत अवस्थाको बारेमा प्रस्तुतीकरण गरी छलफल गरिएको थियो । कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका प्रवन्धक दिपकराज सापकोटा, एकता सहकारी संस्थाका प्रवन्धक दिपकराज सापकोटा, बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाका प्रवन्धक ऋषि सापकोटा, अभियान बहुउद्देश्यीय सहकारी संस्थाका लेखापाल दिपा पुन, सयपत्री बहुउद्देश्यीय सहकारी संस्थाका प्रवन्धक रविलाल सुवेदी, प्रगति बहुउद्देश्यीय सहकारी संस्थाका प्रवन्धक मुना शर्मा र नाग्लीवाङ बहुउद्देश्यीय सहकारी संस्था जलजला पर्वतका प्रवन्धक सन्दिप केसीले संस्थाको समग्र वित्तीय तथा गैर वित्तीय अवस्था सहितको प्रस्तुतीकरण गर्नु भएको थियो ।

राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा केयरमा आवद्ध संस्था प्रगति बहुउद्देश्यीय सहकारी संस्था बागलुङले आयोजना गरेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष कृष्ण प्रसाद पौडेल (कुमार), स्वागत सञ्चालक विजयराज पन्त र सञ्चालन सहसचिव बालकृष्ण शर्माले गर्नु भएको थियो । यस्तै म्याग्दी र पर्वतका ७ वटा सहकारी संस्थाको वित्तीय अवस्था लगायत गैर वित्तीय अवस्थाका बारेमा मंगलवार बेनीमा केयर समिक्षा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा केयरमा आवद्ध बेनीका संस्थाहरु बेनी वचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रवन्धक सज्जन शाक्य, लोकदिप वचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रवन्धक नेत्रराज सुवेदी, विशष्टिवामित्र वचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रवन्धक सरस्वती बाँनिया, मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक कमल प्रसाद उपाध्याय, संगिनी वचत तथा ऋण सहकारी संस्था लिमिटेडका तेज कुमारी बानिया तथा पर्वतको जलजलामा सञ्चालित संस्थाहरु मल्लाज बहुउद्देश्यीय सहकारी संस्थाका प्रवन्धक प्रेम बहादुर भण्डारी र कृष्ण गंगा बहुउद्देश्यीय सहकारी संस्थाका प्रवन्धक ओम प्रसाद शर्माहरुले संस्थाको समग्र अवस्थाका बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।केयर समिक्षा कार्यक्रमको शुभारम्भ राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले गर्नु भएको थियो । सो अवसरमा बोल्दै जिसीले सहकारीहरुलाई संस्थागत रुपमा सक्षम र सञ्चालक तथा कर्मचारीहरुलाई दक्ष बनाउनका लागि केयर कार्यक्रम सहयोगी हुने बताउनु भएको थियो ।

लोकदिप वचत तथा ऋण सहकारी संस्थाको संयोजनमा भएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष हरिकृष्ण गौतम र सञ्चालन प्रवन्धक नेत्रराज सुवेदीले गर्नु भएको थियो । बागलुङ र बेनीमा सम्पन्न कार्यक्रममा बैंकका सदस्य सेवा डिभिजनका प्रमुख रामबाबु आचार्य र स्तरीकरण विभागका अधिकृत नवकुमार अधिकारीले सहजीकरण गर्नु भएको थियो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.