राष्ट्रिय सहकारी बैंककाअध्यक्ष उप्रेती प्रबल जनसेवाश्रीबाट विभूषित
Apr 14, 2023

राष्ट्रिय सहकारी बैंककाअध्यक्ष उप्रेती प्रबल जनसेवाश्रीबाट विभूषित

बैशाख १, काठमाडौं ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी. उप्रेती “प्रबल जनसेवाश्री” (चतुर्थ) पदकबाट विभूषित हुनुभएको छ । गत असोज ३ गते संविधान दिवसको अवसरमा घोषित उक्त विभूषणबाट उप्रेती आज सम्मानित हुनुभएको हो । शुक्रबार राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट उप्रेती विभूषित हुनुभएको हो ।

राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तिहरुलाई प्रदान गरिने सम्मान बैंक, वित्तीय तथा सहकारी क्षेत्रबाट अध्यक्ष उप्रेतीलार्ई लाई प्रदान गरिएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिमगत भदौ २९ गतेको मन्त्रिपरिषद्को सिफारिसमा तत्कालिन राष्ट्रपति विद्यादेवि भण्डारीले संविधान दिवसका अवसरमा उप्रेती सहित ९९८ जनालाई विभिन्न विभूषण, अलङ्का र पदकप्रदान गर्ने घोषणा गर्नुभएको थियो । सोहि पदकबाट गत वर्ष बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं विभुषितहुनु भएको थियो । अध्यक्ष उप्रतीले विभूषित हुनपाउँदा असाध्यै हर्षित भएको बताउनु छ।

उहाँले भन्नु भयो “मेरो हौसला, मनोबल र आत्मविश्वासलाई बलियो बनाउनुका साथै अविश्वसनीय अवसर तथा चुनौतीपूर्ण अवस्थाहरूको सामना गर्न सदैब साथ र सहयोग प्रदान गर्नु भएकोमा मेरो परिवार, सहकर्मीहरू, साथीभाइहरू, राष्ट्रिय सहकारी बैंक परिवार एवम् सम्पूर्ण सरोकारवालाहरू प्रति म कृतज्ञ छु” । संकल्प, उद्देश्य र पहिचानको खोजीमा यात्रा गर्नुपर्ने जीवन एउटा सुन्दर यात्रा हो भन्ने मलाई लाग्छ र यस्ता कदर एवम् सम्मानहरूले जीवनको यात्रामा थप उर्जा प्रदान गर्ने भन्दै यो सम्पूर्ण सहकारीकर्मीको सम्मान भएको उल्लेख गर्नु भयो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.
Server Error
500
Server Error