इमाडोल क्षेत्रका सहकारीकर्मीहरुसँग राष्ट्रिय सहकारी बैंकको अन्तरक्रिया तथा छलफल
Mar 26, 2025

इमाडोल क्षेत्रका सहकारीकर्मीहरुसँग राष्ट्रिय सहकारी बैंकको अन्तरक्रिया तथा छलफल

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड इमाडोल शाखाले चैत्र १३ गते बैंकका सदस्य संस्थाका प्रतिनिधिहरूसँग भेटघाट तथा अन्तरक्रिया, छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

बुधवार बैंकका सञ्चालक ध्रुवराज विष्ट र लेखा सुपरिवेक्षण समितिकी सदस्य चन्द्रकुमारी पराजुलीको उपस्थितिमा बैंकको हालको वित्तीय अवस्था, बैंकले वित्तीय तथा गैर–वित्तीय रूपमा सदस्यलाई प्रदान गरेको सेवा सुविधा  तथा बैंकले सञ्चालन गरिरहेको स्तरीकरण कार्यक्रम लगायत समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

सञ्चालक विष्टले बैंकको पछिल्लो वित्तीय तथा गैर–वित्तीय अवस्थाको विषयमा प्रकाश पार्नुहुँदै बैंकको सेवा सुविधा र आगामी कार्य योजनाका बारेमा जानकारी  गराउनुभएको थियो । सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सहकारी बैंकसँग सहकार्य गर्न उपस्थित प्रतिनिधिहरूलाई आग्रह गर्नु भयो ।

बैकको लेखा सुपरिवेक्षण समितिकी सदस्य चन्द्रकुमारी पराजुलीले बैंकका हरेक गतिविधि ऐन र कार्यविधिमा आधारित रहेर गरिने र त्यसमा पनि सहकारी संस्था केन्द्रित रहेर सेवा सुविधाहरूलाई अझ बढी सहज बनाउँदै लैजाने बताउनु भयो ।

 सहकारीहरूमा आउन सक्ने समस्याको बैंकले न्यूनीकरण गर्न सहजीकरण गर्ने उल्लेख गर्दै बैंकले प्रदान गर्ने सेवा अझ सदस्य मैत्री बनाउँदै सहकारी संस्थाहरुको समस्या तथा गुनासाहरूलाई सम्बन्धित निकायसम्म पु¥याउन पहल गर्ने प्रतिबद्धता कुरामा जोड दिनु भयो ।

कार्यक्रममा  विभिन्न सहकारी संस्थाका पदाधिकार, सञ्चालक तथा व्यवस्थापन प्रमुखहरूको सहभागिता रहेको शाखा प्रमुख रुक्मिणी थापाले जानकारी दिनु भयो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.
Server Error
500
Server Error