सहकारी संस्थाका कर्मचारीहरुलाई सदस्य सम्बन्ध विकास तालिम
Mar 12, 2025

सहकारी संस्थाका कर्मचारीहरुलाई सदस्य सम्बन्ध विकास तालिम

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड इमाडोल शाखाको आयोजनामा एक दिवसीय “सदस्य सम्बन्ध विकास तालिम” बुधवार सम्पन्न भएको छ । 

सहकारी संस्थाको अग्रभागमा कार्यरत कर्मचारीहरुलाई शेयर सदस्यहरुसँग सुमधुर सम्बन्ध विकासका लागि आवश्यक सिप, कला तथा क्षमता विकास गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरेको शाखा प्रमुख रुक्मिणी थापाले जानकारी दिनुभयो ।

तालिममा त्यस क्षेत्रको विभिन्न सहकारी संस्थाहरूबाट ३९ जना कर्मचारीहरूको सहभागिता रहेको थियो । तालिम समापन कार्यक्रममा बोल्दै बैंकका सञ्चालक ध्रुवराज विष्टले सहकारी क्षेत्रमा देखिएको संवेदनशील समयमा संस्थाको छवि उच्च राख्दै गुणस्तरीय सेवा तथा दिगो सदस्य सम्बन्ध विकासका लागि यो तालिमले कर्मचारीहरूको क्षमता विकास गर्न अपरिहार्य र उपयोगी रहेको बताउनु भयो । तालिमले अग्रभागका कर्मचारीहरूमा सदस्यहरूलाई गुणस्तरीय सेवा र समस्याको समाधान गरी दीर्घकालीन सम्बन्ध कायम गरी सहकारीको स्थायित्व सुनिश्चित गर्न मद्दत पु¥याउने कुरामा जोड दिँदै सदस्यसँग सदस्यको समुदाय, बाहुल्यता , मान्यता र प्रकृति अनुरूप सम्मान सहित समान व्यवहार गर्न जानिएमा सदस्यसँगको सम्बन्ध सुमधुर कायम गर्न मद्दत हुने उल्लेख गर्नुभयो ।

तालिमको सहजीकरण बैंकको तालिम विभागका अधिकृत राज कुमार बरालले गर्नुभएको थियो, भने कार्यक्रमको सञ्चालन शाखा प्रमुख रुक्मिणी थापाले गर्नुभएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.
Server Error
500
Server Error