सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखहरूको क्षमता अभिवृद्धि तालिम वालिङमा सम्पन्न
Dec 1, 2024

सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखहरूको क्षमता अभिवृद्धि तालिम वालिङमा सम्पन्न

 मङ्सिर १५, स्याङ्जा । राष्ट्रिय सहकारी बैंक लिमिटेड वालिङ शाखाले सञ्चालन गरेको “सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखहरूको क्षमता अभिवृद्धि तालिम” सम्बन्धी दुई दिवसीय तालिम कार्यक्रम शनिवार सम्पन्न भएको छ । 

एन.सि.बि.एल सदस्य शिक्षा तथा मार्गदर्शन श्रुखला–२, कार्यक्रम २०८१/०८२ अन्तर्गत मङ्सिर १४ र १५ गते वालिङमा सञ्चालन भएको तालिममा शाखाको कार्यक्षेत्रमा रहेका आधारभूत स्तरीकरण कार्यक्रममा आबद्ध रहेका २५ सदस्य सहकारी संस्थाका ४४ जना अध्यक्ष, प्रमुख कार्यकारी अधिकृतहरू एवम् व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै बैंकका लेखा लेखा सुपरिवेक्षण समिति सदस्य चन्द्रा कुमारी पराजुलीले सहकारी संघ संस्थाका अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरूको क्षमता अभिवृद्धि गरी सहकारी संघ संस्थालाई कुशलता पूर्वक सञ्चालन, व्यवस्थापन र नेतृत्व गर्न सक्षम बनाई संस्थालाई सुशासन र पारदर्शी तवरबाट संस्था सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बताउनु भयो ।

उहाँले सहकारी क्षेत्रको विकास र प्रवर्द्धन गरि यस क्षेत्रको सशक्तीकरण, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, अनुगमन प्रणाली, सहकारी स्तरीकरण कार्यक्रम मार्फत संस्थाको छवि निर्माणमा अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरूको भूमिकालाई थप वृद्धि गर्न यो कार्यक्रम प्रभावकारी हुने कुरामा जोड दिनुभयो ।

 तालिम समापन कार्यक्रममा सहभागीहरूका तर्फबाट ऋद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था वालिङका अध्यक्ष एवम् स्याङ्जा जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा सुपरिवेक्षण समिति संयोजक मुक्ति प्रसाद पाण्डे र उपकार बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष दुर्गा कुमारी न्यौपानेले तालिमको प्रभावकारिताका बारेमा सुझाव सहितको धारणा राख्नु भएको थियो । यसै गरी समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ ली. स्याङ्जाका अध्यक्ष लक्ष्मी पति पौडेलले सहकारी संस्थाको सम्पत्ति सदस्यको भएकोले त्यसलाई सञ्चालक समिति र व्यवस्थापनले नासोको हिफाजत गरेर कुशलता पूर्वक परिचालन गर्नुपर्ने र सदस्यलाई केन्द्रमा राखेर सेवकको रूपमा कार्य गर्न सुझाव दिँदै सहकारी संस्थाको दीर्घकालीन हित, विकास र सुशासन सुधारको लागि राष्ट्रिय सहकारी बैंक लिमिटेडले गरेका गतिविधि प्रयासहरू प्रशंसनीय रहेको र भविष्यमा समेत निरन्तरता पाउने अपेक्षा राख्नुभएको थियो ।

 दुई दिनसम्म सञ्चालन भएको तालिममा सहकारीको अवधारणा, मूल्य, मान्यता, सहकारीको सिद्धान्त र वर्तमान परिदृश्य, सञ्चालक र व्यवस्थापनको एक अर्का बिचको अपेक्षा, सहकारीमा अध्यक्ष तथा व्यवस्थापन प्रमुखको भूमिका एवम् सीमारेखा, व्यवस्थापन प्रतिवेदन निर्माण, सहकारी संस्थाको वित्तीय विश्लेषणको तयारी, वित्तीय सुचाकांकको मापन तथा गणना, वित्तीय अनुपात प्रस्तुति र विश्लेषण, सहकारीमा आन्तरिक तथा बाह्य सुशासन, कार्ययेजना निर्माण अभ्यास र सहकारी क्षेत्रका समस्या तथा समाधानका उपायहरूको बारेमा बैंकको स्तरीकरण तथा जोखिम विभागका अधिकृत नवकुमार अधिकारीले सहजिकरण गर्नुभएको थियो ।

तालिम समापन कार्यक्रमको कार्यक्रमको अध्यक्षता बैंकका लेखा समिति सदस्य चन्द्रा कुमारी पराजुलीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन बैंकको वालिङ शाखाका प्रमुख टिकाराम अधिकारीले गर्नु भएको थियो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.
Server Error
500
Server Error