सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखहरूको क्षमता अभिवृद्धि तालिम पोखरामा सम्पन्न
Nov 28, 2024

सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखहरूको क्षमता अभिवृद्धि तालिम पोखरामा सम्पन्न

मंसिर १३, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाले सञ्चालन गरेको “सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखहरूको क्षमता अभिवृद्धि तालिम” सम्बन्धी दुई दिवसिय तालिम बिहिबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा तथा मार्गदर्शन श्रुखला–२, कार्यक्रम २०८१/०८२ अन्तर्गत मङ्सिर १२ र १३ गते सञ्चालन भएको तालिममा शाखाको क्षेत्रमा रहेका २२ सहकारी संस्थाका ३९ जना अध्यक्ष, प्रमुख कार्यकारी अधिकृतहरू एवम् व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै बैंकका लेखा समिति सदस्य चन्द्रा कुमारी पराजुलीले सहकारी संस्थाहरूको कारोबारमा परेको संकटलाई दृष्टिगत गरी संस्थाहरूको वित्तीय क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो ‘पछिल्लो समय सहकारी प्रति कहिँ कतै नैरास्यत देखिएको छ, त्यसलाई चिर्दै सदस्यहरुका बीचमा सहकारी क्षेत्रका पुनरजागरण गर्न सञ्चालक र व्यवस्थापनले थप मेहेनत गर्दै बैंकसँग हातेमालो गर्दै आगाडी बढ्नुपर्छ’ ।

तालिम समापन कार्यक्रममा सहभागीहरुका तर्फबाट पीपल्स बचत तथा ऋण सहकारी संस्था पोखराका ब्यवस्थापक महेश पौडेल  र समग्र महिला बहुउद्देश्यीय सहकारी संस्थाका उपाधयक्ष  कल्पना भण्डारीले तालिमको प्रभावकारिताका बारेमा धारणा राख्नु भएको थियो ।

दुई दिन सम्म सञ्चालन भएको तालिममा सहकारीको मूल्य, मान्यता, सहकारीको सिद्धान्त, सहकारीको संगठानात्मक संरचना, सहकारीमा अध्यक्ष तथा व्यवस्थापन प्रमुखको भूमिका एवम् सीमारेखा, सहकारी संस्थाको वित्तीय विश्लेषणको तयारी, वित्तीय सुचाकांकको मापन तथा गणना, वित्तीय अनुपात प्रस्तुति र विश्लेषण, सहकारीमा आन्तरिक तथा बाह्य सुशासन र सहकारी क्षेत्रका समस्या तथा समाधानका उपायहरूको विषयमा जिल्ला बचत तथा ऋण सहकारी संघ कास्कीका पूर्व अध्यक्ष सुदिप ढकाल र बैंकको तालिम विभागका अधिकृत नवकुमार अधिकारीले सहजिकरण गर्नुभएको थियो ।

 तालिम समापन कार्यक्रमको सञ्चालन बैंकको पोखरा शाखाका प्रमुख रुक्मत श्रेष्ठले गर्नु भएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.
Server Error
500
Server Error