सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखको क्षमता अभिवृद्धि तालिम सम्पन्न
Sep 24, 2024

सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखको क्षमता अभिवृद्धि तालिम सम्पन्न

आश्विन ८, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड नयाँबजार शाखा कार्यालयद्वारा सञ्चालित दुई दिवसीय “सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखहरुको क्षमता अभिवृद्धि तालिम” मंगलबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा तथा मार्गदर्शन श्रुखला–२, कार्यक्रम २०८१/०८२ अन्तर्गत सोमबार र मंगलबार सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका सहकारी संस्थाहरूका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृतहरू एवम् व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम समापनको अवसरमा बोल्दै बैंकका सञ्चालक एवम् बागमती प्रदेशका संयोजक रामहरि बजगाईंले सहकारी संघ संस्थाका अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरूको क्षमता अभिवृद्धि गरी सहकारी संघ संस्थालाई कुशलता पूर्वक सञ्चालन, व्यवस्थापन र नेतृत्व गर्न सक्षम बनाई संस्थालाई सुशासन र पारदर्शी तवरबाट संस्था सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बताउनु भयो ।

उहाँले सहकारी क्षेत्रको विकास र प्रवर्द्धन गरि यस क्षेत्रको सशक्तीकरण, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, अनुगमन प्रणाली, सहकारी स्तरीकरण कार्यक्रम मार्फत संस्थाको छवि निर्माणमा अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरूको भूमिकालाई थप वृद्धि गर्न यो कार्यक्रम प्रभावकारी हुने कुरामा जोड दिनुभयो ।

बैंकको सदस्य सेवा महाशाखाका प्रमुख रामबाबु आचार्यले सहकारी क्षेत्रको वित्तीय तथा संस्थागत विकासमा बैंकको भूमिका थप विस्तार र व्यवस्थित गर्नका लागि तालिमले सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहकारीको मूल्य र सिद्धान्त सहकारीको संगठानात्मक संरचना, सहकारीमा अध्यक्ष तथा व्यवस्थापन प्रमुखको भूमिका एवम् सीमारेखा, सहकारी संस्थाको वित्तीय विश्लेषणको तयारी, वित्तीय सुचाकांकको मापन तथा गणना, वित्तीय अनुपात प्रस्तुति र विश्लेषण, सहकारीमा आन्तरिक तथा बाह्य सुशासन र सहकारी क्षेत्रका समस्या तथा समाधानका उपायहरूको विषयमा बैंकको स्तरीकरण विभागका अधिकृतहरू नवकुमार अधिकारी, सूर्य प्रसाद रिमाल, तालिम विभागका सहायक अधिकृत राजकुमार बराल, सहकारी प्रशिक्षक बल्लभ तिमल्सिना र कल्याणकारी बचत तथा ऋण सहकारी संस्था ललितपुरका प्रमुख कार्यकारी अधिकृत कुमार खत्रीले सहजीकरण गर्नुभएको थियो ।

बैंकको नयाँ बजार शाखाकी प्रमुख विनीता विष्टले सञ्चालन गर्नुभएको तालिम कार्यक्रममा त्यस क्षेत्रका विभिन्न २० वटा सहकारी संस्थाका ४० जना अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरूको सहभागिता रहेको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.
Server Error
500
Server Error