राष्ट्रिय सहकारी बैंकका प्रोटेक्ट सहजकर्ता विकास कार्यशाला सम्पन्न
Sep 14, 2024

राष्ट्रिय सहकारी बैंकका प्रोटेक्ट सहजकर्ता विकास कार्यशाला सम्पन्न

भाद्र २९, ललितपुर । राष्ट्रिय सहकारी बैंकको आयोजनामा निरन्तर कर्मचारी दक्षता अभिवृद्धि कार्यक्रम अन्तर्गत सञ्चालन भएको “प्रोटेक्ट सहजकर्ता विकास कार्यशाला” शुक्रवार सम्पन्न भएको छ । भाद्र २४ गते देखि सञ्चालित उक्त कार्यक्रममा बैंकको अधिकृत स्तरका २३ जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।

बैंकका सदस्य संस्थाहरुको स्तर मापन गरी स्तर उन्नति कार्यमा प्राविधिक सहयोग पु¥याउने उद्देश्यले सहकारी स्तरीकरण कार्यक्रम अन्तर्गत प्रोटेक्ट सहजकर्ता विकास कार्यशाला सञ्चालन गरिएको बैंकले जनाएको छ ।

सदस्य सहकारी संस्थाको सञ्चालनलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाई, स्तर पहिचान, स्तर मापन एवम् स्तरोन्नतिका लागि बैंकले सहकारी स्तरिकण कार्यक्रम अन्तर्गत विभिन्न तहका सञ्चालनमा ल्याएको छ । 

५ दिन सम्म सञ्चालित कार्यक्रम समापनको प्रमुख अतिथि एवम् बैंकका सञ्चालक ध्रुवराज विष्ट रहनु भएको थियो । समापन कार्यक्रममा मन्तव्य राख्दै उहाँले बैंकको सदस्य सहकारीलाई सुरक्षित रूपमा सञ्चालनका लागि आवश्यक नीति तथा कार्यविधिहरू निर्माण गर्न, सुशासन कायम राख्न, वित्तीय रूपमा सक्षम बनाउन तथा समग्रमा सहकारी संस्थाको अवस्था सुधार गर्नका लागि सहकारी बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम अन्तर्गतको प्रोटेक्ट कार्यक्रम प्रभावकारी हुने बताउनु भयो ।

प्रोटेक्ट कार्यक्रमको लागि बचत तथा ऋण सहकारी र बचत तथा ऋण बाहेकका सहकारी संस्थाका लागि छुट्टा–छुट्टै सूचकाङ्कको आधारमा प्राविधिक सेवा सञ्चालन गर्ने बैंकको सदस्य सेवा महाशाखाका प्रमुख रामबाबु आचार्यले बताउनु भयो ।

कार्यक्रममा सहकारीको परिचय, संरचना र सञ्चालन प्रक्रिया, सहकारी स्तरीकरण कार्यक्रमको परिचय, महत्व तथा बैंकको व्यवसायसँगको अन्तरसम्बन्ध, प्रोटेक्ट कार्यक्रमबारे सैद्धान्तिक (सूचकाङ्क, निरीक्षण, समीक्षा) छलफल, प्रोटेक्टको वित्तीय सूचकाङ्क अन्तर्गत प्रभावकारी वित्तीय संरचनाका विषयमा प्रस्तुतीकरण तथा छलफल भएको थियो ।

त्यसैगरी सदस्य सहकारी संस्थाको संस्थाको विनियम, आन्तरिक र्कायबिधि, साधारण सभा, लेखापरिक्षण, वार्षिक योजना तथा बजेट, लाभांश तथा संरक्षित पुजिँ फिर्ता कोष वितरणको अवस्था पहिचान एवं विश्लेषण, नेतृत्व संरचना, आर्थिक अनुशासन, तालिम, स्व मूल्याङ्कन तथा बैठकको अवस्था पहिचान एवं विश्लेषणको विषयमा प्रस्तुतीकरण भएको थियो ।

प्रोटेक्ट कार्यक्रममा आबद्ध हुने सहकारी संस्थाको बचत, शेयर, कर्मचारी व्यवस्थापन, कर्मचारीको कार्यबिबरण तथा कार्यसम्पादन मूल्याङ्कनको अवस्था पहिचान एवम् विश्लेषणका आधारमा स्तर उन्नतिका लागी निरीक्षकले दिने सुझाव तयार एवम् प्रस्तुतीकरण, कार्यालय व्यवस्थापन, फाइल व्यवस्थापन, सदस्य सूचना प्रवाह, सहकारी शिक्षा तथा तालिम, कोपोमिस लगायत नियामकिय व्यवस्थाको परिपालना, लेखा तथा नगद व्यवस्थापनको विश्लेषणका आधारमा स्तरोन्नतिका लागी निरीक्षकले दिने सुझाव तयार एवम् प्रस्तुतीकरणका आधारमा बैंकको सदस्य सेवा महाशाखाका प्रमुख रामबाबु आचार्य, स्तरीकरण विभागका अधिकृतहरू नव कुमार अधिकारी, सूर्य प्रसाद रिमाल र तालिम विभागका सहायक अधिकृत राजकुमार बरालले सहजिकरण गर्नुभएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.