राष्ट्रिय सहकारी बैंकको आयोजनामा सञ्चालित एनएफआरएस तालिम सम्पन्न
Sep 11, 2024

राष्ट्रिय सहकारी बैंकको आयोजनामा सञ्चालित एनएफआरएस तालिम सम्पन्न

भाद्र २६, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड न्यूरोड शाखाको आयोजनामा सञ्चालित दुई दिवसीय नेपाल वित्तीय प्रतिवेदन मान एनएफआरएस (नेपाल फानान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड) तालिम सम्पन्न भएको छ । 

मंगलबार बैंकका सञ्चालक एवम् बागमती प्रदेशका संयोजक रामहरि बजगाईले उद्घाटन गर्नुभएको तालिमको बुधवार सञ्चालक केदार मानन्धरले समापन गर्नुभयो । 

सहकारी ऐन २०७४ मा तथा प्रचलित कानुन बमोजिमको मापदण्ड पालना गर्नुपर्ने व्यवस्था अनुसार पचास करोड भन्दा बढी कारोबार गर्ने सहकारी संघ संस्थाहरुले अनिवार्य एन एफ आर एस बमोजिमको ढाँचामा लेखापरिक्षण गराउनुपर्ने व्यवस्था अनुसार वित्तीय कारोबारलाई थप यथार्थपरक र स्पष्ट पार्न अन्तराष्ट्रियस्तरको प्रतिवेदन ढाँचा एनएफआरएस बमोजिम संस्थाको जोखिमलाई न्यूनीकरण गरी दिगो सहकारी संस्था विकासमा समेत टेवा पु¥याउने उद्देश्यले तालिम सञ्चालन गरिएको शाखा प्रमुख रमा घिमिरेले जानकारी दिनुभयो ।

तालिमलाई चार्टड एकाउन्टेन्टस् (सिए) विदुर लुइँटेलले एनएफआरएस ढाँचाको सहजिकरण गर्दै एन एफ आर एसको ढाँचा विनाको लेखापरिक्षण प्रतिवेदन र एनएफआरएस अनुसारको लेखापरिक्षणमा हुने भिन्नता अन्तर्गत हुने स्थिर सम्पत्तिलाई पहिचान गर्ने विधि तथा ह्रास प्रक्रिया, लगानी सम्पत्ति, पट्टा तथा भाडा, सहुलियत दरमा प्रदान गरिएको कर्जा, कर्जा सम्बन्धी आम्दानी, कर्मचारी सुविधा, स्थगन लगायतको विषयमा प्रयोगात्मक प्रशिक्षण दिएका थिए । त्यसैगरी एनएफआरएस अनुसार तयार पार्नुपर्ने प्रतिवेदनको विषयमा सहजिकरण गर्नुभएको थियो ।

तालिम कार्यक्रममा बैंकको न्यूरोड शाखामा कारोबार गर्ने सदस्य संस्थाका व्यवस्थापक तथा लेखा अधिकृत गरी ४० जनाको सहभागिता रहेको थियो । तालिममा एनएफआरएस कार्यान्वयनमा लैजाने सन्दर्भमा हाल प्रचलनमा रहेको सहकारी लेखामान र एनएफआरएसमा देखिएका फरकहरूको बारेमा सिकाई एवम् अभ्यास समेत भएको शाखा प्रमुख रमा घिमिरेले बताउनु भयो ।

तालिममा सहभागीहरुले तालिमबाट एन एफ आर एस ढाँचामा वित्तीय प्रतिवेदनलाई परिवर्तन गर्ने बारे प्रयोगात्मक सिकाइ हासिल भएकोमा खुसी व्यक्त गरेका छन् ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.