सुर्खेतका सहकारीकर्मीलाई सदस्य सम्बन्ध विकास तालिम
Sep 2, 2024

सुर्खेतका सहकारीकर्मीलाई सदस्य सम्बन्ध विकास तालिम

भाद्र १७, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड सुर्खेत शाखाको आयोजनामा सञ्चालन भएको एक दिवसीय सदस्य सम्बन्ध विकास तालिम सम्पन्न भएको छ । 

आइतबार वीरेन्द्रनगर–६, सुर्खेत स्थित एक होटेलमा सञ्चालित तालिममा त्यस क्षेत्रको विभिन्न सहकारी संस्थाहरूबाट ३४ जनाको सहभागिता रहेको थियो । सहकारीमा सदस्यहरूसँगको सम्बन्ध सुमधुर र बलियो बनाउने गरी सहकारी संस्थामा कार्यरत कर्मचारीहरुको दक्षता विकास गर्ने उद्देश्यका साथ तालिम प्रदान गरेको बैंकले जनाएको छ ।

तालिम समापन कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् बैंकका पूर्व सञ्चालक हरिहरनाथ योगी रहनुभएको थियो । कार्यक्रम समापनमा बोल्दै प्रमुख अतिथि योगीले सहकारी संघ संस्थाका कर्मचारीहरू र संस्थाका सदस्यहरू बीच सुमधुर सम्बन्ध कायम राख्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँले सहकारी सदस्य केन्द्रित व्यवसाय भएकोले सदस्य सम्बन्ध व्यवस्थापन र सदस्य हेरचाहमा कर्मचारीहरूले विशेष ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।

बैंकको कर्णाली प्रदेशका प्रमुख हिरालाल सुनारले अहिलेको परिस्थितिमा आफ्ना सदस्यहरूमा सुमधुर सम्बन्ध विकास गरि संस्था प्रति विश्वास कायम राख्नु सम्पूर्ण कर्मचारीहरूको दायित्व रहेकाले सबैले आफ्नो तर्फबाट एक भएर लाग्नुपर्ने बताउनु भयो । 

कार्यक्रमका सहभागीहरूले आफु कार्यरत संस्था र सदस्य बिचको सम्बन्ध थप बलियो बनाउन तालिम सहयोगी बन्ने बताएका छन् । बैंकको कर्णाली प्रदेशका प्रमुख हिरालाल सुनारको अध्यक्षतामा भएको तालिम कार्यक्रमको सञ्चालन बैंकको सुर्खेत शाखाका प्रमुख सागर नाथ योगीले गर्नुभएको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.
Server Error
500
Server Error