धनकुटामा सहकारीका व्यवस्थापकहरूको लागि सञ्चालित क्षमता अभिवृद्धि तालिम सम्पन्न
Jun 22, 2024

धनकुटामा सहकारीका व्यवस्थापकहरूको लागि सञ्चालित क्षमता अभिवृद्धि तालिम सम्पन्न


असार ७, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड धनकुटा शाखाले सञ्चालन गरेको दुई दिवसीय सहकारी संस्थाका ‘व्यवस्थापकहरूको क्षमता विकास तालिम’ शुक्रवार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा बिहीबार र शुक्रवार सञ्चालन गरिएको तालिममा बैंकको धनकुटा शाखामा कारोबार गर्ने विभिन्न सहकारी संस्थाका जिल्लाका ४० वटा सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापक तथा सहायक व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन बिहीबार बैंकका सञ्चालक अमृता सुब्बाले गर्नुभएको थियो । उद्घाटन समारोहमा बोल्दै सञ्चालक सुब्बाले सहकारी क्षेत्रमा कार्यरत व्यवस्थापन प्रमुखहरूको व्यवस्थापकीय क्षमतामा विकास गर्ने गरि सहकारी क्षेत्रमा आवश्यक नवीनतम प्रविधिहरूको खोज, अभ्यास, अनुसन्धान र आवश्यकताका विषयमा अनुभव आदानप्रदान गर्ने र सहकारी क्षेत्रमा देखिएका जोखिमहरूको पहिचान गरी न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनु भयो । 

उहाँले सहकारीका सञ्चालक समितिले संस्थामा निर्णय गर्ने भए पनि कार्यान्वयन गर्ने व्यक्ति व्यवस्थापन तहका कर्मचारीहरू नै भएकाले उनीहरूको क्षमता अभिवृद्धि गर्दा संस्थालाई नीतिगत रूपमा अगाडि बढाउन टेवा पुग्ने, सुशासन र विधिलाई पालना गर्न अभिप्रेरित गर्ने भएकाले यो कार्यक्रम देशै भरी सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।

दुई दिन सम्म सञ्चालन भएको तालिमलाई सहकारी प्रशिक्षक झलेन्द्र प्रसाद दाहालले व्यवस्थापकको क्षमता विकासका विभिन्न विषयमा सहजिकरण गर्नु भएको थियो । उहाँले दैनिक प्रशासन सञ्चालनदेखि सहकारी ऐन, नियमको कार्यान्वयन, सहकारी क्षेत्रमा नयाँ प्रविधिको विकास र सहकारीको साख वृद्धिका लागि व्यवस्थापकको भूमिका बढाउनु पर्नेमा जोड दिनु भयो । शाखा समन्वय उपसमितिका संयोजक खगेन्द्र प्रसाद सुवेदीको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन शाखा प्रमुख सुमनकुमार श्रेष्ठले गर्नुभएको थियो । 

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत सहकारी संघ÷संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन गरिरहेको ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.