साहुको हैकम तोड्ने सहकारी समस्यामा हुनु दुखद हो : मेयर पण्डित
Jun 7, 2024

साहुको हैकम तोड्ने सहकारी समस्यामा हुनु दुखद हो : मेयर पण्डित


ललितपुुर, २५ जेठ  

  शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले विपन्न वर्गका जनताका लागि साहु महानजनको हैकम तोड्नका लागि महत्वपूर्ण भूमिका खेलेको सहकारी क्षेत्रलाई सबै मिलेर लयमा फर्काउनु पर्नेमा जोड दिनु भएको छ ।  

  राष्ट्रिय सहकारी बैंक दमौली शाखाले शुक्लागण्डकीको दुलेगौडामा सञ्चालन गरेको सहकारीका अध्यक्षहरुको क्षमता विकास तालिमको जेठ २४ गते समापनका क्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।  

  सहकारीका नाममा व्यक्तिगत सम्पत्ती कमाउने धन्दामा लागेका केही व्यक्ति तथा संस्थामा देखिएको बिचलनका कारण साहुमहाजनको हैकम तोड्ने काम गरेका सहकारी क्षेत्रलाई कमजोर बनाउन नहुने उहाको भनाइ थियो ।  

  सहकारीको ब्यानरमा गलत गर्नेहरुलाई कार्वाही गरी राम्रो गरेकाहरुलाई प्रोत्साहन गर्नका लागि सरकारले तत्कालै योजना ल्याउनु पर्छ, आज आम जनतामा सबै सहकारीहरु खराव हुन कि रु भन्ने आशंका देखिएको छ, सबै तहका सरकार, अभियान र नागरिक समाज तथा राजनीतिक दलहरु मिलेर सहकारीको साखलाई लयमा फर्काउनु पर्नेमा उहाँको जोड थियो ।  

  कार्यक्रममा जिल्ला सहकारी संघ तनहुका अध्यक्ष प्रदिपराज अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्यालाई न्यूनिकरण गर्न, आफ्ना सदस्यहरुमा सहकारी जागरण ल्याउन तथा सरोकारवालाहरुसंग समन्वय गरेर अगाडि बढ्न सञ्चालक समितिले समन्वयकारी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो ।  कार्यक्रम राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीको अध्यक्षता तथा दमौली शाखाका प्रमुख मनोज श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।  

  तालिममा जिल्ला सहकारी संघ ललितपुरका सचिव अनिलबीर बज्राचार्यले सहजीकरण गर्नुभएको थियो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.