सहकारीका सकारात्मक विषयले प्राथमिकता पाएनन् : उपप्रमुख दरै
Jun 8, 2024

सहकारीका सकारात्मक विषयले प्राथमिकता पाएनन् : उपप्रमुख दरै

ललितपुर, २६ जेठ  

  ब्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले सहकारी क्षेत्रको बारेमा बढ्दै गएको नकरात्मक विषयलाई चिर्नका लागि सहकारीमार्फत भएका सकारात्मक कामहरुका बारेमा जनतालाई जानकारी गराउनु पर्नेमा जोड दिनु भएको छ ।   राष्ट्रिय सहकारी बैंक दमौली शाखाले दमौलीमा सञ्चालन गरेको सहकारीका व्यवस्थापकहरुको क्षमता विकास तालिमको जेठ २५ गते उद्घाटन पछि  बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।  

  सहकारी क्षेत्रमा राम्रा काम भएकै छैनन्, सबै सहकारी सकिनै लागे, सहकारीका सञ्चालक कर्मचारी सबै बद्मास हुन् भन्ने खालका प्रचार भइरहेको समयमा सहकारीमार्फत भएका उदाहरणीय कामहरुका बारेमा सबै सहकारीकर्मीहरुले चर्चा परिचर्चा गर्नु पर्ने उहाँको भनाइ छ ।  नराम्रो मात्रै छ भन्ने भ्रम चिर्दै सहकारीले समुदायको आर्थिक विकास, महिला लगायत पछि परेकाहरुको नेतृत्व तथा क्षमता विकासमा गरेको महत्वपूर्ण योगदानका बारेमा सरोकारवालाहरुका बीच प्रभावकारी सञ्चार गर्न उहाँले सहकारीकर्मीहरुलाई आव्हान गर्नु भयो । 

  कार्यक्रम राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जि।सीले सहकारीको सफलता र असफलता सदस्यमा केन्द्रीत हुने भएकाले सदस्यहरुका बीचको सम्बन्ध बढाउनु पर्ने बताउनुभयो ।  

राष्ट्रिय सहकारी बैंक दमौली शाखा समन्वय उपसमितिका संयोजक एवम् केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष अमर बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन दमौली शाखाका प्रमुख मनोज श्रेष्ठले गर्नु भएको थियो ।   तालिममा जिल्ला सहकारी संघ ललितपुरका सचिव अनिलबीर बज्राचार्यले सहजीकरण गर्नुभएको थियो । उहाँले सहकारी संस्थामा प्रवन्धकहरुको भूमिका लगायत संस्थाको प्रभावकारी सञ्चालनका विविध विषयमा सहजीकरण गर्नु भएको थियो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.