स्याङ्जाका सहकारी संस्थाका व्यवस्थापकहरूलाई क्षमता विकास तालिम
Apr 22, 2024

स्याङ्जाका सहकारी संस्थाका व्यवस्थापकहरूलाई क्षमता विकास तालिम

बैशाख ९, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड पुतलीबजार शाखाको आयोजनामा सहकारी संस्थाका व्यवस्थापकहरूको लागि सञ्चालित २ दिने तालिम सोमबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा आइतबार र सोमबार  सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका विभिन्न सहकारी संघ/संस्थाका प्रमुख कार्यकारी अधिकृत एवम् व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थाका व्यवस्थापकहरूको क्षमता अभिवृद्धि गरी सुशासनयुक्त र व्यावसायिक संस्था सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ । 

तालिममा सहकारी क्षेत्रको विकास र प्रवर्द्धन गरि यस क्षेत्रको सशक्तीकरण, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, अनुगमन प्रणाली, संस्थाको छवि निर्माणमा व्यवस्थापकको भूमिका, कार्यालय, सञ्चालन प्रक्रिया लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

कार्यक्रममा बैंकको लेखा सुपरिवेक्षण समितिका सदस्य चन्द्रकुमारी पराजुली, जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेल र जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रवीन्द्र श्रेष्ठले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

शाखा प्रमुख पुष्पा क्षेत्रीले सञ्चालन गर्नुभएको तालिममा बैंकको तालिम विभागका तालिम अधिकृत बल्लभ तिमल्सिनाले विभिन्न ८ वटा विषयहरूमा सहजिकरण गर्नु भएको थियो । 

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत सहकारी संघ/संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन गरिरहेको ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.
Server Error
500
Server Error