चितवनमा सहकारीका व्यवस्थापकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न
Jun 5, 2024

चितवनमा सहकारीका व्यवस्थापकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न

जेठ २३, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड भरतपुर शाखाले सञ्चालन गरेको दुई दिवसीय सहकारी संस्थाका व्यवस्थापकहरूको क्षमता विकास तालिम मंगलबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा सोमबार र मंगलबार सञ्चालन गरिएको तालिममा चितवन जिल्लाका ३५ वटा सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापक तथा सहायक व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको समापन बैंकका सञ्चालक तारा गुरुङले गर्नुभएको थियो । समापन कार्यक्रममा बोल्दै सहकारी क्षेत्रमा कार्यरत व्यवस्थापन प्रमुखहरूको व्यवस्थापकीय क्षमतामा विकास गर्ने गरि सहकारी क्षेत्रमा आवश्यक नवीनतम प्रविधिहरूको खोज, अभ्यास, अनुसन्धान र आवश्यकताका विषयमा अनुभव आदानप्रदान गर्ने र सहकारी क्षेत्रमा देखिएका जोखिमहरूको पहिचान गरी न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनु भयो । 

उहाँले सहकारीका सञ्चालक समितिले संस्थामा निर्णय गर्ने भए पनि कार्यान्वयन गर्ने व्यक्ति व्यवस्थापन तहका कर्मचारीहरु नै भएकाले उनीहरूको क्षमता अभिवृद्धि गर्दा संस्थालाई नीतिगत रूपमा अगाडि बढाउन टेवा पुग्ने, सुशासन र विधिलाई पालना गर्न अभिप्रेरित गर्ने भएकाले यो कार्यक्रम देशै भरी सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।

दुई दिन सम्म सञ्चालन भएको तालिमलाई सहकारी प्रशिक्षक तेज प्रसाद बजगाईँले व्यवस्थापकको क्षमता विकासका विभिन्न विषयमा सहजिकरण गर्नु भएको थियो । उहाँले दैनिक प्रशासन सञ्चालनदेखि सहकारी ऐन, नियमको कार्यान्वयन, सहकारी क्षेत्रमा नयाँ प्रविधिको विकास र सहकारीको साख वृद्धिका लागि व्यवस्थापकको भूमिका बढाउनु पर्नेमा जोड दिनु भयो । समापन कार्यक्रम भरतपुर शाखाका प्रमुख रामशरण सापकोटाले सञ्चालन गर्नुभएको थियो । 

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत सहकारी संघ÷संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन गरिरहेको ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.
Server Error
500
Server Error