सुर्खेतमा सहकारी बैंकको वार्षिक योजना तथा बजेट तर्जुमा तालिम
Jun 4, 2024

सुर्खेतमा सहकारी बैंकको वार्षिक योजना तथा बजेट तर्जुमा तालिम

जेठ २२, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड सुर्खेत शाखाको आयोजनामा वीरेन्द्रनगरमा सञ्चालित वार्षिक योजना तथा बजेट तर्जुमासम्बन्धी एक दिवसीय सोमबार सम्पन्न भएको छ ।

जेठ २० र २१ ग्ते बैंकको सुर्खेत शाखामा कारोबार गर्ने सहकारी संघ संस्थाका सञ्चालक तथा प्रबन्धकहरूका लागि सञ्चालित तालिममा सहकारी संस्थाहरुको वार्षिक योजना तथा बजेट निर्माण सम्बन्धमा सहजीकरण गरिएको थियो ।

तालिम समापनमा बोल्दै बैंकका सञ्चालक एवम् कर्णाली प्रदेश संयोजक कालि बहादुर महातराले सहकारी क्षेत्रलाई प्रभावकारी रूपमा अगाडि बढाउनका लागि संस्थाहरुले योजना बनाएर काम गर्नुपर्ने र त्यसका लागि बैंकले सञ्चालन गरेको तालिम सहयोगी हुने बताउनु भयो । उहाँले संस्थाहरु कारोबारका आधारमा नभई योजना, कार्यक्रम र सुशासनका हिसाबले प्रभावकारी हुनु पर्नेमा जोड दिनु भयो ।

तालिमका सहभागीहरूले वार्षिक योजना तथा बजेट तर्जुमा सम्बन्धी तालिम पछि संस्थाको योजना निर्माण र कार्यान्वयनमा सहज हुने बताएका छन् । संस्थाले बनाएका योजनालाई थप प्रभावकारी र व्यवस्थित गराउन तालिम अत्यन्तै सहयोगी भएको सहभागीहरूको भनाइ छ ।

बैंकका अधिकृत सूर्यप्रसाद रिमालले सहजिकरण गर्नुभएको तालिममा शाखा प्रमुख सागरनाथ योगीले सञ्चालन गर्नुभएको तालिममा विभिन्न सहकारी संघ संस्थाका ३४ जनाको सहभागिता रहेको थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.