धादिङ र बलम्बु क्षेत्रका सहकारी संस्थाका व्यवस्थापकहरूलाई क्षमता विकास तालिम
May 28, 2024

धादिङ र बलम्बु क्षेत्रका सहकारी संस्थाका व्यवस्थापकहरूलाई क्षमता विकास तालिम

ललितपुर, १५ जेठ । राष्ट्रिय सहकारी बैंक लिमिटेड बलम्बु शाखा कार्यालयद्वारा सहकारीका व्यवस्थापकहरूको लागि आयोजना गरेको दुई दिवसीय “क्षमता विकास तालिम” मंगलबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा सोमबार र मंगलबार सञ्चालन गरिएको तालिममा बैंकको बलम्बु शाखामा कारोबार गर्ने सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरूको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थाका व्यवस्थापकहरूले संस्था सञ्चालन गर्दा आइपर्ने समस्याहरू सदस्यहरूलाई ऋण लगानी गर्दा अपनाउनु पर्ने विधिहरू, आवश्यक कागजातहरू, धितो मूल्याङ्कन, भाखा नाघेको कर्जाको व्यवस्थापन, जमानत , संस्थालाई आवश्यक पर्ने नीति विधि तथा कार्यविधिहरू, बचत प्रोड्क्टहरु, समय सापेक्ष ब्याजदर परिवर्तन, मानव संसाधन व्यवस्थापन लगायत सम्भावित जोखिम कम गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ । 

तालिममा बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड का प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहालले सहकारीको वर्तमान अवस्था र यसमा सहकारीका व्यवस्थापकले चाल्नु पर्ने कदमहरू, सहकारीका व्यवस्थापकको निरन्तर वृद्धि विकासको आवश्यकता र श्रोतहरू, जोखिममा परेका ऋणहरूको उचित व्यवस्थापन, सहकारी संस्थामा उपलब्ध श्रोत तथा साधनको न्यायिक प्रयोग तथा व्यवस्थापन लगायतका विषयमा सहजिकरण गर्नुभएको थियो ।

बैंकको बलम्बु शाखाका कर्मचारी शिव खनालको सञ्चालन तथा शाखा प्रमुख सविना पोखरेलको स्वागतमा भएको कार्यक्रममा काठमाण्डौंको चन्द्रागिरि नगरपालिका र धादिङ जिल्लाका विभिन्न सहकारी संस्थाहरूबाट २७ जना व्यवस्थापकहरूको सहभागिता थियो ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.