पाँचथरको फिदिममा सहकारीका अध्यक्षहरूलाई क्षमता विकास तालिम सञ्चालन
May 16, 2024

पाँचथरको फिदिममा सहकारीका अध्यक्षहरूलाई क्षमता विकास तालिम सञ्चालन

जेठ ३, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड फिदिम शाखाले सञ्चालन गरेको दुई दिवसीय क्षमता विकास तालिम बिहीबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०÷०८१ अन्तर्गत निःशुल्क रूपमा बुधवार र बिहीबार सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका ४४ जना अध्यक्षहरूको सहभागिता रहेको थियो ।

सहकारी क्षेत्रमा रहेका अध्यक्षहरुको तेतृत्व तथा क्षमतामा विकास गर्ने गरि सहकारी क्षेत्रमा आवश्यक नवीनतम प्रविधिहरूको खोज, अभ्यास, अनुसन्धान र आवश्यकताका विषयमा अनुभव आदानप्रदान गर्ने र सहकारी क्षेत्रमा देखिएका जोखिमहरूको पहिचान गरी न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

जिल्ला सहकारी संघ लिमिटेड पाँचथरका अध्यक्ष रेणु प्रसाद ओझाको प्रमुख आतिथ्यतामा भएको तालिम समापन कार्यक्रमको सञ्चालन बैंकको फिदिम शाखाका प्रमुख ईम्तियाज आलमले गर्नु भएको थियो । 

सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्तको व्यवहारिक प्रयोग, संस्थागत संरचना र सञ्चालन प्रक्रिया, नेतृत्वकोे भूमिका र जिम्मेवारी, सहकारीको रणनीतिक दृष्टिकोण तय गर्ने तरिका, सहकारीमा कानुन पालना, जोखिमका क्षेत्रहरूको पहिचान र व्यवस्थापन कार्यदिशा लगायतका विषयमा बैंकको तालिम विभागका सहायक अधिकृत राजकुमार बरालले सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा पाँचथर जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष नवराज घिमिरे, फिदिम नगरपालिकाको सहकारी शाखाका प्रमुख सरस्वती सिवाकोटी,  पाँचथर जिल्ला सहकारी संघका अध्यक्ष रेणु प्रसाद ओझाले कार्यक्रममा शुभकामना मन्तव्य  राख्नु भएको थियो ।

बैंकले चालू आर्थिक वर्ष २०८०÷०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत देशैभरि सहकारी संघ÷संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन गरिरहेको ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.