कलङ्की क्षेत्रका सहकारी संस्थाका अध्यक्षहरूलाई क्षमता विकास तालिम
May 11, 2024

कलङ्की क्षेत्रका सहकारी संस्थाका अध्यक्षहरूलाई क्षमता विकास तालिम

ललितपुर, २९ वैशाख । राष्ट्रिय सहकारी बैंक लिमिटेड कलङ्की शाखा कार्यालयको आयोजनामानमा सञ्चालन भएको सहकारी संस्थाका अध्यक्षहरूको २ दिने क्षमता विकास तालिम शुक्रवार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा बिहीबार र शुक्रवार सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका २८ वटा सहकारी संस्थाहरूका अध्यक्षहरूको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थाका अध्यक्षहरूको क्षमता अभिवृद्धि गरी सहकारी संघ संस्थालाई कुशलतापूर्वक सञ्चालन, व्यवस्थापन र नेतृत्व गर्न सक्षम बनाई संस्थालाई सुशासन र पारदर्शी तवरबाट संस्था सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

कार्यक्रमको उद्घाटन बैंकको सञ्चालक एंवम बागमती प्रदेशका संयोजक रामहरि बजगाईँले गर्नु भएको थियो । उद्घाटन पछि बोल्दै उहाँले सहकारी संस्थाहरु सञ्चालनको क्रममा सञ्चालक समिति, कर्मचारी र सदस्यहरू भनेको संस्थाको मेरुदण्ड भएको बताउनु भयो । ‘यी तीन मेरुदण्डहरू जहाँ नियमसँग तथा प्रभावकारी ढङ्गबाट चलायमान हुन्छन, या भएका छन्, ती सहकारी संस्थाहरुमा कुनै समस्या छैनन्, संस्थाको नीति विधिमा आधारित भएर संस्था चलाउने, सुशासनलाई मुख्य आधार लिनुपर्छ यसो गर्नाले हामीले काम गरेको नेतृत्व गरेको संस्था बलियो हुन्छ भन्ने कुरामा विशेष जोड दिनुभयो । 

त्यसैगरि तालिमको समापन सत्रमा मन्तव्य राख्दै बैंकका सञ्चालक सदस्य केदार मानन्धरले सहकारी संस्थालाई कस्तो बनाउने भन्ने सम्बन्धमा संस्थामा अध्यक्षहरूको भूमिका अहम रहेको हुन्छ भन्ने कुरामा जोड दिनु भयो । उहाँले सहकारी बैंकले संस्थाहरुको सुशासनका पक्षमा, सहकारी सञ्चालनमा ऐन नियमको परिपालन गर्न विशेष जोड दिदैं आएको परिपेक्षमा यो २ दिने तालिमबाट यस क्षेत्रका सहकारीहरूले लाभ लिने बताउनु भयो । उहाँले यस तालिमबाट प्राप्त ज्ञान र सिपलाई सहकारी संस्थाको विकासमा लगाउन पर्ने उल्लेख गदै सहकारीको परिकल्पना बमोजिम सदस्यको आर्थिक विकासमा सहयोग पुग्ने गरी सम्पूर्ण सहकारीले काम गर्नु पर्नेमा जोड दिनु भयो । 

शाखा प्रमुख कला थपलियाको सञ्चालनमा भएको तालिमलाई बागमती प्रदेशको सहकारी विभागका पूर्व रजिष्ट्रार एवं सहकारी अभियान्ता नारायण प्रसाद ज्ञवालीले सहकारीका अध्यक्षको क्षमता विकासका विभिन्न ८ वटा विषयहरुमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा सहभागी संस्थाका अध्यक्षहरूले तालिम पश्चात् संस्थालाई थप उचाइमा लैजान र संस्थामा नेतृत्वदायी भूमिका खेल्न तालिम सहयोगी भएको बताएका छन् ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.