सिन्धुपाल्चोकमा सहकारीका व्यवस्थापकहरूलाई क्षमता विकास तालिम
May 4, 2024

सिन्धुपाल्चोकमा सहकारीका व्यवस्थापकहरूलाई क्षमता विकास तालिम

बैशाख २१, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड बनेपा शाखाले सञ्चालन गरेको दुई दिवसीय क्षमता विकास तालिम शुक्रबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा सिन्धुपाल्चोकमा बिहीबार र शुक्रबार सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका ३७ जना व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

सहकारी क्षेत्रमा कार्यरत व्यवस्थापन प्रमुखहरूको व्यवस्थापकीय क्षमतामा विकास गर्ने गरि सहकारी क्षेत्रमा आवश्यक नवीनतम प्रविधिहरूको खोज, अभ्यास, अनुसन्धान र आवश्यकताका विषयमा अनुभव आदानप्रदान गर्ने र सहकारी क्षेत्रमा देखिएका जोखिमहरूको पहिचान गरी न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक एवम् बागमती प्रदेशका संयोजक रामहरि बजगाईँले गर्नुभएको थियो । उद्घाटन पछि मन्तव्य राख्दै सञ्चालक बजगाईँले ज्ञान र सिपको विकास गरी सहकारी संस्थालाई फरक ढङ्गले सञ्चालन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले सहकारी संस्थाहरु खास गरी वित्तीय कारोबार गर्ने सहकारीहरूमा सुशासन कायम गर्न, संस्थाको व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्ने र संस्थाको समग्र संरचनालाई चुस्त बनाउन तालिमले सहयोग पुग्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला सहकारी संघ सिन्धुपाल्चोकका अध्यक्ष दीपक विक्रम थापा, जिल्ला बचत सघंका सचिव सुरेन्द्र तिवारी, बैंकको बनेपा शाखा समन्वय उपसमितिका सल्लाहकार यज्ञ प्रसाद चौलागाइले मन्तव्य राख्नु भएको थियो । बैंकको बनेपा शाखाका प्रमुख उपेन्द्र दाहालले सञ्चालन गर्नु भएको तालिमलाई सहकारी प्रशिक्षक के.बि. लामा स्याङ्तानले विभिन्न ८ वटा विषयमा व्यवस्थापकको क्षमता विकासका विषयमा सहजिकरण गर्नु भएको थियो ।

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत देशैभरि सहकारी संघ/संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन गरिरहेको ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.