झापाको दमकमा सहकारी संस्थाका व्यवस्थापकहरूको क्षमता विकास तालिम सम्पन्न
May 5, 2024

झापाको दमकमा सहकारी संस्थाका व्यवस्थापकहरूको क्षमता विकास तालिम सम्पन्न

ललितपुर, २१ वैशाख । राष्ट्रिय सहकारी बैंक लिमिटेड दमक शाखा कार्यालयको आयोजनामानमा सञ्चालन भएको सहकारी संस्थाका व्यवस्थापकहरूको क्षमता विकास तालिम शनिवार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा शुक्रवार र शनिवार सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका ३५ वटा सहकारी संस्थाहरूका व्यवस्थापक तथा सहायक व्यवस्थापकको सहभागिता रहेको थियो ।

सहकारी क्षेत्रमा कार्यरत व्यवस्थापन प्रमुखहरूको व्यवस्थापकीय क्षमतामा विकास गर्ने गरि सहकारी क्षेत्रमा आवश्यक नवीनतम प्रविधिहरूको खोज, अभ्यास, अनुसन्धान र आवश्यकताका विषयमा अनुभव आदानप्रदान गर्ने र सहकारी क्षेत्रमा देखिएका जोखिमहरूको पहिचान गरी न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

बैंकको दमक शाखा समन्वय उपसमितिका संयोजक प्रेम कुमार कोइरालाको अध्यक्षतामा भएको समापन कार्यक्रममा बैंकका निवर्तमान अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यता तथा शाखा समन्वय उपसमितिका सदस्य खेम प्रसाद बगाले, मोरङ जिल्ला सहकारी संघका सचिव राकेश दाहालको आतिथ्यता रहेको थियो  । 

शाखा प्रमुख अर्जुन कार्कीको सञ्चालनमा भएको तालिमलाई सहकारी प्रशिक्षक तेज प्रसाद बजगाईँले व्यवस्थापकहरूको क्षमता विकासका विभिन्न ८ वटा विषयमा सहजिकरण गर्नु भएको थियो । 

बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत सहकारी संघ÷संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सम्पूर्ण शाखा कार्यालय मार्फत सञ्चालन गरिरहेको छ ।



टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.