व्यवस्थापकको क्षमता विकास तालिम समय सान्दर्भिक र अत्यन्तै प्रभावकारी रहेको पायौँ
Apr 30, 2024

व्यवस्थापकको क्षमता विकास तालिम समय सान्दर्भिक र अत्यन्तै प्रभावकारी रहेको पायौँ


ललितपुर, १९ वैशाख । राष्ट्रिय सहकारी बैंक लिमिटेड हेटौँडा शाखाले मकवानपुरको हेटौँडामा सहकारी संघ संस्थाहरूका व्यवस्थापकहरूको लागि सञ्चालन गरेको दुई दिवसीय “क्षमता विकास तालिम” मंगलबार सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा सोमबार र मंगलबार सञ्चालन गरिएको तालिममा मकवानपुर जिल्लाका विभिन्न सहकारी संघ संस्थाहरूबाट ४२ जना व्यवस्थापक तथा सहायक व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

सहकारी क्षेत्रमा कार्यरत व्यवस्थापन प्रमुखहरूको व्यवस्थापकीय क्षमतामा विकास गर्ने गरि सहकारी क्षेत्रमा आवश्यक नवीनतम प्रविधिहरूको खोज, अभ्यास, अनुसन्धान र आवश्यकताका विषयमा अनुभव आदानप्रदान गर्ने र सहकारी क्षेत्रमा देखिएका जोखिमहरूको पहिचान गरी न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

तालिम समापन कार्यक्रममा बोल्दै बैंकका सञ्चालक एवम् बागमती प्रदेशका संयोजक रामहरि बजगाईंले कतिपय अवस्थामा व्यवस्थापकले सुशासन कायम गर्न चाहँदा समेत पदाधिकारीहरूमा सहकारी शिक्षाको कमीका कारण कैफियत देखिएको बताउनु भयो । सहकारी संस्थाका सञ्चालकले सहकारीको नीति, नियम र विधानमा रहेर काम नगर्दा केही सहकारीमा छिटपुट समस्या आएको उल्लेख गर्दै सबै मिलेर समस्या समाधानमा लाग्नु पर्ने भन्दै सहकारीलाई स्वस्थ, स्वच्छ र व्यवस्थित गर्न सहकारी बैंकले सदस्य केन्द्रित र समुदायमा आधारित तालिम तथा शिक्षाका कार्यक्रमहरू सञ्चालन गरेको बताउनु भयो । उहाँले व्यवस्थापकहरुलाई सुरक्षित र उत्पादनमूलक क्षेत्रमा सदस्यहरूमा कर्जा लगानी गर्न आग्रह गर्दै थप वित्तीय सहयोग गर्न राष्ट्रिय सहकारी बैंक तत्पर रहेको उल्लेख गर्नुभयो ।

बैंकको हेटौँडा शाखा समन्वय उपसमितिका संयोजक नारायण प्रसाद देवकोटाले तालिममा सिकेको, बुझेका कुराहरूलाई नोट कपीमा मात्र सीमित नगरी व्यवहारमा उतारेर आ–आफ्नो संघ संस्थाहरुमा लागु गरी संस्थालाई सबल बनाउन तर्फ लाग्न व्यवस्थापकहरूमा अनुरोध गर्नु भयो । 

कार्यक्रमका सहभागीहरूले बैंकद्वारा सञ्चालन गरिएको व्यवस्थापकको क्षमता विकास तालिम समय सान्दर्भिक र अत्यन्तै प्रभावकारी रहेको बताएका छन् । उनीहरूले दुई दिनको तालिमबाट नयाँ सिकाई भएको उल्लेख गर्दै तालिमले संस्था सञ्चालनको लागि महत्वपूर्ण सहयोग पुगेको बताएका छन् । तालिममा सिकाई सँग-सँगै उत्प्रेरणा जगाउने खालका यस्तै रचनात्मक तथा अन्तरक्रियात्मक तालिम नियमित रूपमा सञ्चालन हुन आवश्यक रहेको बताएका छन् ।

बैंकको हेटौँडा शाखाका सहायक अधिकृत समीर श्रेष्ठको सहजिकरण तथा हेटौँडा शाखा तथा बागमती प्रदेश प्रमुख (उपत्यका बाहेक) रामेश्वर अर्यालको स्वागतमा भएको तालिमलाई बैंकका तालिम अधिकृत बल्लभ तिमल्सिनाले सहकारीको सिद्धान्त र आधारभूत मूल्य मान्यता, सहकारीको वृद्धि तथा विकास र गुणस्तरीय सेवा सुनिश्चितताको लागि व्यवस्थापकको भूमिका, व्यवस्थापकसँग हुनु पर्ने ज्ञान, सीप र क्षमता, दिगो सहकारीको लागि व्यवस्थापकको भूमिका लगायतका विभिन्न ८ वटा विषयमा दुई दिनसम्म सहजिकरण गर्नु भएको थियो ।

बैंकले चालू आर्थिक वर्ष २०८० /०८१ मा एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम अन्तर्गत देशैभर सहकारी संघ/संस्थाहरूका अध्यक्षहरूको क्षमता विकास तालिम, लेखा सुपरिवेक्षण समितिको प्रभावकारिता, कोषाध्यक्षको क्षमता विकास तालिम र व्यवस्थापकहरूको क्षमता विकास तालिम सञ्चालन गरिरहेको छ ।


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.