झापा र मोरङमा केयर समीक्षा गोष्ठी सम्पन्न
Apr 21, 2024

झापा र मोरङमा केयर समीक्षा गोष्ठी सम्पन्न

ललितपुर, १२ वैशाख 

राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम अन्तरगत केयरमा आबद्ध झापा र मोरङका सहकारी संस्थाहरुको केयर समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

स्तरीकरण कार्यक्रम अन्तरगत बैंकले बनाएको वित्तीय सूचकहरूको अवस्था पहिचान गर्नुका साथै संस्थाहरुको अवस्था र सुधार गर्नु पर्ने विषयहरूमा छलफल भएको थियो ।

समीक्षा कार्यक्रमका सहभागीहरूले वित्तीय क्षेत्रमा देखिएको असहज अवस्थालाई सहज रूपमा अगाडि बढाउनका लागि सहकारीहरूमा भाखा नाघेको ऋणलाई कम गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

पछिल्लो समय सहकारीहरूमा भाखा नाघेको ऋण बढ्दै गएको निष्कर्षका साथ सबै सहकारीहरूले ऋण व्यवस्थामा योजनाबद्ध रूपमा अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन् । स्तरीकरण कार्यक्रममा सहभागी संस्थाहरुमा ऋण सुरक्षण कोषमा नियमित रूपमा रकम व्यवस्थापन गर्ने, सञ्चालक समिति र कर्मचारीका लागि संस्थागत तालिम सञ्चालन गर्ने तथा परिवर्तित परिस्थिति अनुसार विनियम तथा कार्यविधि निर्माण गरी कार्यान्वयन गर्ने, परिमार्जन गर्ने प्रतिबद्धता सहभागीहरूले जनाएका छन् ।

झापामा वैशाख ९ गते आयोजित कार्यक्रमको शुभारम्भ राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् कोशी प्रदेशका संयोजक महेन्द्र कुमार गिरीले गर्नु भएको थियो । सो अवसरमा बोल्दै उहाँले सहकारीहरूको आन्तरिक स्वास्थ्य परीक्षण गरी संस्थालाई स्वस्थ बनाउनका लागि स्तरीकरण कार्यक्रमले सहयोग गर्ने भएकाले सहकारीहरूले ध्यान दिनु पर्नेमा जोड दिनु भएको थियो ।

राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा केयरमा आबद्ध संस्था ः हंशबाहिनी बचत तथा ऋण सहकारी संस्था ली, दमकले आयोजना गरेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष गोविन्द्र प्रसाद आचार्यले गर्नु भएको थियो । यस्तै मोरङका ८ वटा सहकारी संस्थाको वित्तीय अवस्था लगायत गैर वित्तीय अवस्थाका बारेमा वैशाख १० गते केयर समीक्षा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा केयरमा आबद्ध सौजन्य बचत तथा ऋण सहकारी संस्था लि., झोराहाट, मोरङको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष एवम् बैंकका पूर्व अध्यक्ष रमेश प्रसाद पोखरेल, जिल्ला सहकारी संघ मोरङका वरिष्ठ उपाध्यक्ष विजय माझी, राष्ट्रिय सहकारी बैंकका कोशी प्रदेश प्रमुख प्रभु पोखरेलको आतिथ्यता रहेको थियो ।

संस्थाका अध्यक्ष हरिनारायण चौधरीका अध्यक्षतामा भएको कार्यक्रममा बैंकको स्तरीकरण विभागका अधिकृत सूर्य प्रसाद रिमाले सहजिकरण गर्नुभएको थियो


टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.