नयाँबजार क्षेत्रका सहकारीकर्मीलाई कोपोमिस तालिम
Sep 11, 2023

नयाँबजार क्षेत्रका सहकारीकर्मीलाई कोपोमिस तालिम

भदौ २६,ललितपुर ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड नयाँबजार शाखाको आयोजनामा सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सम्बन्धी एक दिवसिय तालिम सोमबार सम्पन्न गरेको छ ।

तालिमको उद्घाटन बैंकका सञ्चालक विश्वनाथ मण्डलले गर्नुभएको थियो । उद्घाटन पछि तालिमलाई सम्बोधन गर्दै उहाँले सहकारी संघ/संस्थाहरूको लागि कोपोमिस तालिम अत्यन्तै महत्वपूर्ण भएको बताउनु भयो । सहकारी संघ/संस्थाहरुको सूचना प्रणाली र नियमित तथ्याङ्क व्यवस्थापनका लागि कोपोमिस अनिवार्य आवश्यकता भएको भन्दै सहकारी क्षेत्रको गुणात्मक विकासका लागि विश्वसनीय अनलाइन प्रविधि भएको उल्लेख गर्नुभयो ।

तालिममा नयाँबजार क्षेत्रका २३ सहकारी संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । नयाँबजार शाखाका प्रमुख लोकेन्द्र के.सीले सञ्चालन गर्नुभएको तालिममा बैंकका सहायक तालिम अधिकृत राजकुमार बरालले सहजिकरण गर्नु भएको थियो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.