महोत्तरीका सहकारीकर्मीलाई कर्जा लगानी तथा असुली व्यवस्थापन सम्बन्धी तालिम
Sep 26, 2023

महोत्तरीका सहकारीकर्मीलाई कर्जा लगानी तथा असुली व्यवस्थापन सम्बन्धी तालिम

असोज १०, ललितपुर ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड बर्दिवास शाखाले आयोजना गरेको २ दिने कर्जा लगानी तथा असुली व्यवस्थापन तालिम मंगलबार सम्पन्न भएको छ । सहकारीले सदस्यहरुलाई ऋण लगानी गर्दा अपनाउनु पर्ने विधिहरु, आवश्यक कागजातहरु, धितो मूल्यांकन, जमानत लगायत सम्भावित जोखिम कम गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ । तालिममा ऋण लगानीका प्रक्रियाहरु, क्षमतामा आधारित ऋण लगानी, व्यवसाय विश्लेषण, ऋण अनुगमन र निरीक्षण, जोखिम पहिचान र व्यवस्थापन, सहकारीको ऋण असुली सम्बन्धी कानुनी व्यवस्थाहरु, ऋणको वर्गिकरण, ऋण असुलीका उपायहरु, भाखा नाघेको ऋण असुली गर्ने तरिका लगायतका विषयमा सहजीकरण गरिएको थियो ।

कार्यक्रमका सहभागीहरुले सहकारीमा वचत फिर्ताको चाप बढ्दै जादा ऋणी सदस्यहरुलाई भुक्तानीको चाप बढ्ने भएकाले सतर्क रहन आव्हान गरेका छन् । सहकारी बैंकको तालिम विभागका सहायक अधिकृत राज कुमार बरालले तालिममा सहजीकरण गर्दै ऋण लगानी गर्दा ध्यान

दिन नसकेका कारण खराव ऋण बढेकोले पनि सहकारीमा तरलता व्यवस्थापनमा असर गरेको बताउनु भयो । तालिम समापन कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक विश्वनाथ मण्डलले वित्तीय कारोबार गर्ने सहकारीहरुले ऋण लगानी र असुलीका विधि प्रक्रिया र अभिलेख व्यवस्थापनमा ध्यान दिनु पर्नेमा जोड दिनु भयो । तालिममा सिकेका कुरा आ–आफ्नो संस्थामा लगेर कार्यान्वयन गर्न सुझाव दिदै उहाँले ऋणको जोखिम न्यूनिकरण गर्न सके सहकारीको समस्या सहजै समाधान हुने धारणा राख्नुभयोे ।

प्रतिनिधि सभाका पूर्व सदस्य रञ्जना श्रैष्ठले सहकारीले सदस्यहरुलाई विधिसम्मत ऋण लगानीका लागि कर्मचारीको भूमिका प्रभावकारी हुनु पर्नेमा जोड दिनुभयो । उहाँले सञ्चालक साधारणसभाबाट निर्वाचित भएर आएका हुन्छन्, उनीहरुलाई प्राविधिक कुरा थाहा नहुन पनि सक्छ, तर कर्मचारी पढेरै जागिर खान आउने भएकाले नीतिसँगत नहुने कुरामा सञ्चालकहरुलाई समेत

रोक्ने गरी काम गर्न सुझाव दिनुभयो । तालिममा ३६ सहकारीका ४४ जना सञ्चालक पदाधिकारी, ऋण उप–समितिका पदाधिकारी तथा सदस्य र संस्थामा कर्जा हेर्ने कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रिय सहकारी बैंक बर्दिवास शाखाका प्रमुख राजेश थापाले गर्नुभएको थियो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.