लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० को तयारी पुरा
Oct 15, 2023

लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० को तयारी पुरा

आश्विन २४, ललितपुर

राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा “दिगो, पारदर्शी र जोखिम रहित सहकारीः लेखा सुपरीवेक्षण समितिको जिम्मेवारी” भन्ने थिम सहित आश्विन २५, २६ गते हुने लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० को सम्पूर्ण तयारी पुरा भएको छ ।

राजधानीको होटल याक एण्ड यतिमा आयोजना हुने गोष्ठिमा सरकारी प्रतिनिधिहरु, सहकारी संघ/संस्थाको लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरु, स्थानिय तहका प्रतिनिधि, गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरु, सहकारी र सहकारीका सरोकारवाला निकायका प्रतिनिधिहरु र विदेशी पाहुनासहित ५ सय जना भन्दा बढीको सहभागीता रहने बैंकले जनाएको छ ।

बैंकले पहिलो पटक गर्न लागेको गोष्ठीमा सहकारी संघ/संस्थाहरुको आन्तरिक नियन्त्रणका लागि प्रभावकारी औजार तथा प्रणाली विकासका सम्बन्धमा बहस र छलफल हुने छ । दुई दिन सम्म सञ्चालन हुन गइरहेको राष्ट्रिय गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञहरुद्वारा ८ वटा विषयहरुमा कार्यपत्र प्रस्तुत हुनेछन् । सहकारीको आन्तरिक नियन्त्रण प्रणाली, वित्तीय क्षेत्रको नियामक र सहकारीका विज्ञहरुबाट सञ्चालन गरिने गोष्ठीबाट सहकारीको मूल्य, सिद्धान्त र सहकारीको दर्शन र स्वनियमनमा आधारित भएर सहकारी संस्थाहरु सञ्चालित हुने र लेखा सुपरिवेक्षण समितिको कार्यक्षेत्रभित्र रहेका सहकारी संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई बलियो बनाउनको लागि नीतिगत विषयमा दक्षता अभिवृद्धि हुनेछ ।

त्यसैगरी विद्यमान अवस्थामा सहकारी क्षेत्रमा देखिएका चुनौति पहिचान गरी समाधानको लागि संस्थागत तयारी गर्न मद्दत पुग्ने अपेक्षा गरिएको बैंकका अध्यक्ष के.बी. उप्रेतीले जानकारी दिनुभयो ।

टिप्पणी गर्नुहोस्

No Comments

जवाफ छाड्नुस्

Please enter your comment.
Please enter your name.
Please enter your email.
Please enter your website.
Please enter correct captcha value.